यस्ता छन् दही खानुका फाईदाहरु

काठमाडौं, फागुन १५ । दहीको स्वाद मात्र स्वादिष्ट हुँदैन कि यसले शरीरमा लाग्ने कैयौँ रोगबाट पनि छुट्कारा दिलाउँछ । शरीरका लागि निकै स्वस्थकर मानिने दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ । ५५ हजार आठ सय ५५ जना मानिसमा गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष निस्केको हो । यी हुन्, अध्ययनले निकालेका निष्कर्ष :

नियमित डाइटमा दहीको मात्रा बढाउँदा मुटुलाई स्वस्थ राख्नुका साथै यससँग जोडिएर आउने रोगको सम्भावनाबाट पनि बचाउने काम गर्छ ।

अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा छापिएको एक स्टडीमा खानासँग दहीको प्रयोग गर्दा वयस्क मानिसलाई हाइपरटेन्सनको समस्याबाट छुट्कारा दिलाउँछ ।

जसले हप्तामा दुईपटक दहीको प्रयोग गर्छ, उसलाई भविष्यमा हुने स्ट्रोकको सम्भावनामा २० प्रतिशत कम गर्छ ।

यसका साथै दहीले पाचनप्रणालीमा सहयोग पु-याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

दहीकोे नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सरबाट बचाउने काम गर्छ ।

कोलेस्टेरोलका बिरामीलाई दहीको नियमित प्रयोग लाभदायक मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *