नेपाली राजनीतिमा देखिएकाे ध्रुवीकरण

काठमाडौं, फागुन १५ ।  आज सरकार विस्तार र माके सरकार मा सहभागी संगै नेपाली राजनीति प्रष्ट कित्ता काट भएको छ । अब नेकपा एमालेले लिएको राजनीतिक सिद्धान्त र यस् सिद्धान्तले निर्देशित गर्ने आर्थिक तथा सामाजिक नीती बारे सबै मा सु- स्पस्ट हुनैपर्छ ।

बहुदलिय जनबाद 

वैज्ञानिक समाजबाद्लाई काउन्टर गर्नको लागि युरोप मा १९७६ मा त्यहाका कम्युनिस्ट पार्टी को रुप मा त्यहाँका पूंजीवादीहरुले युरोपेली प्रारुपको कम्युनिष्ट सिद्धान्तको प्रतिपादन गरेका थिए । यो सिद्धान्त मुलत: वैज्ञानिक समाजवादि वा सच्चा कम्युनिस्टहरुले स्वीकार नगर्ने संसदकाे सर्बोच्चतालाई स्वीकार गरी त्यस अन्तर्गतको बहुदलिय प्रतिस्पर्धा मार्फत सत्तामा जाने र आफ्न जनमुखी कार्यक्रमलाई अधिक्तम लागु गर्ने सिद्धान्तको रुपमा विकसित गरिएको थियो ।

यो सिद्धान्त क्रान्ति नभएर शान्तिपूर्ण रुपान्तरन को प्रकृयाको रुप मा रहेको र संबिधान तथा कानुन को सर्बोच्चतालाई मान्ने तथा कम्युनिस्ट अधिनायकत्वो बाट समाजवाद मा प्रबेस गर्ने नभएर दलिय प्रतिस्पर्धाका आधारमा समाजवाद मा संक्रमण हुने नै यसकाे मुल सिद्धान्तकाे रुपमा रहेकोछ । यो सिद्धान्तले वर्ग संघर्स को स्थान मा बर्ग सह अस्थित्वलाई  स्वीकार  गरेको देखिन्छ ।

यसैले बहुल बाद् र दलिय प्रतिस्पर्धालाई स्वीकार गरेको देखिन्छ । यस अगाडि बैज्ञानीक समाजबादी कम्युनिस्ट सिद्धान्त अनुसार क्रान्तिबाट अन्य दल तथा बर्ग लाई निषेध गरी कम्युनिष्ट एकाधिकार कायम गर्ने संबिधान समेत मार्क्स बादी धारणामा निर्माणगरी कम्युनिष्ट पार्टिलाई निर्देशकको रुपमा अगाडि बढ्ने गरेकोमा यस ठाउँमा मार्क्सबादी सिद्धान्तको सर्बोच्चताको सट्टा संबिधान र संसद को सर्बोच्चता र बहुलबादलाई स्थापना गर्न खोजेको देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) ले यही बहुदलिय जनबाद लाई आफ्नो कार्यक्रम बनाएको छ । यो बहुदलिय जनबाद सिद्धान्त बिचार होइन एक कार्यक्रम मात्र हो । यो बहुदलिय जनबादलाई नेपाली राजनीतिमा एमालेका तत्कालिन माहासचिव मदन भण्डारीले भित्र्याएका हुन ।

बहुदलिय जनबाद लाई नेकपा (एमाले ) को २०४९ माघ ( १४ – २० ) मा भएको पाचौ महाधिबेशनले पारित गरे पछि यो एमाले को बिचार धारा बनेको छ । पारित दस्ताबेज अनुसार यसका बिशेषता निम्न छन ।

१) संबिधानको सर्बोच्चता

२) बहुलबादी खुला समाज

३) शक्ति पृथकिकरणको सिद्धान्त

४) मानव अधिकारको रक्षा

५) बहुदलिय प्रतिस्पर्धाको प्रणाली

६) आवधिक निर्वाचन

७) कानुनको शासन

८) जनताको जनबादी व्यवस्थाकाे सुदृढीकरण

९) बिदेशी  पुजी र प्रविधी

१०) क्षतीपुर्ती

११) बिदेश नीती

१२) नेतृत्व र अधिनायकत्व

१३) जनताको बहुदलिय जनवाद रहेका छन ।

यी माथिका उल्लेखित बुदाहरु लोकतन्तका आधारभुत मुल्य र मान्यता हुन । यसमा खासै बहस आवश्यक रहेन । बहुदलिय जनवादका कार्यक्रम हरु :-

१) मित्र शक्ति र शत्रु शक्ति

२) क्रान्तिको बाटो

३) संयुक्त मोर्चा

४) बामपन्थी एकता र पार्टी एकिकरण

५) राणा नीती र कार्यनीती बहुदलिय जनबादबारे व्याख्या गरी सकिएकोले यी बुदा बारे पनि खासै व्याख्या गर्न परेन । एमाले को नेपाली क्रान्तिको कार्यक्रम

१) राज्य व्यवस्था

२) शासन प्रणाली

३) आर्थिक व्यवस्था

४) कृषि क्षेत्र मा

५) परराष्ट्र सम्बन्ध

६) शैनिक नीती

७) उद्योग व्यापार

८) पर्यटन

९) स्थानीय र क्षेत्रिय बिकास

१०) संस्कृती र शिक्षा

११ ) महिला

१२) प्रशासनिक धारणा रहेका छन ।

नेकपा एमालेले बहुदलिय जनबादको कार्यक्रममा आधारभुत सत्रु सामन्त बर्ग र दलाल ,नोकरशाही पुजिपती बर्ग लगाएत हुन भनेको छ ।

क्रान्तिको बाटो वर्ग संघर्षलाई मानेको छ । राणानीती जनताको जनबादी राज्य सत्ता स्थापना गर्ने सामाग्रीक योजना हो भनेको छ । राष्ट्रिय पुजी र उद्योगको बिकास सुनिश्चित गर्नु पहिलो र अनिबार्य काम हो भनेको छ । क्रान्तिकारी भुमिसुधारको कार्यक्रम लागु गर्दै वास्तविक जोताहा तथा भुमिहिन किसानलाई भुमिको बितरण गरिनेछ भनिएको छ ।

सेनालाई जनवाद करण गरिनेछ भनिएको छ । जाती भाषा र भेषभुषामा रहेका सबै बिशेषाधिकार र एकाधिकार को अन्त्य गरिनेछ भनिएको छ । पछि परेका जाती भाषा साहित्य र संस्कृतीको ऐतिहासिक संरक्षण संवद्र्धन र बिकासको लागि बिशेष कार्यक्रम सन्चालन गरिनेछ ।

सबै क्षेत्रमा समानता र जनबादी अधिकारको ग्यारेन्टि गरिने छ भनिएको छ । अब यी घोषणाको न्युनतम सुरुवात कहाँ र कसरी सुरु हुन्छ कि हुन्न, त्यसैबाट दुई तिहाइको यो बहुदलिय जनवादी सरकारको मुल्याङ्कन नेपाली जनताले अवश्य गर्ने छन् ।   खम्बु पूर्व संविधान सभा सदस्य

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *