अभ्यास खेलमा नेपालकाे अाज युएईसँग प्रतिस्पर्धा

काठमाडौं, फागुन १५ । आइसीसी विश्व कप छनोट अगाडिको अभ्यास खेलमा नेपालले मंगलबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । नामिबियामा केही दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत विजेता बन्दै संयुक्त अरब इमिरेट्स (युएई) र दोश्रो स्थानमा रहेको नेपाल विश्वकप छनौट खेल्न लागेका हुन् ।

दुई साताको फरकमा नेपालल युएई तेस्रो पटक खेल्न लागेका छन । नामिबियामा भएको डिभिजन २ को खेलमा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गर्दा फाइनलमा ७ रनले हारेको थियो । फाइनलमा नेपालको जितमा कप्तान पारस खड्काले सतक प्रहार गरेका थिए ।

जिम्बाबेमा मार्च ४ देखि हुँने छनोट प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन । जसमा उत्कृस्ट हुने २ टिम बिश्वकप खेल्न पाउनेछन । प्रतियोगिताबाट उत्कृस्ट(३ एसोसिएट रास्ट्रले एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

नेपाल समूह ‘बी’ मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ। नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे विरुद्द खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हङकङको सामना गर्नेछ। दोश्रो अभ्यास खेलमा १ मार्चमा नेपालले हङकङको सामना गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *