कुपोषित बालबालिकाको वस्तुस्थितिवारे जानकारी

काठमाडौं, फागुन १५ । नेपालका लागि फ्रान्सका राजदूत एण्ड्री भेसले नेपालको सबैभन्दा होचोस्थल मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका कुपोषित बालबालिकाको वस्तुस्थिति सम्बन्धमा बहिरंग उपचार केन्द्रमा आज जानकारी लिनुभयो ।

सो गाउँपालिकाको बहिरंग उपचार केन्द्रमा कुपोषित २७ बालबालिकाको उपचार भइरहेको छ । मुखियापट्टीको वरिपरि जमुनी नदी, सिमरा खोला र विग्ही नदी भएका कारण असारदेखि भदौसम्म सो गाउँपालिका बाढीले डुबानमा पर्ने गरेको छ ।

डुबानका कारण सो अवधिमा गर्भवती महिलालाई पौष्टिक आहारको समस्या हुने गरेकाले जन्मिने सन्तान कुपोषणबाट आक्रान्त भएको बताइन्छ । एक तथ्यांकअनुसार धनुषामा ४१ हजार बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा एक हजार ८४ बालबालिका कुपोषित देखिएका छन् ।

सो अवस्थालाई दृष्टिगत गर्दै नेपाल सरकार, फ्रान्स सरकार, युएन र युनिसेफले संयुक्त रूपमा धनुषा जिल्लामा २१ वटा उपचार केन्द्र स्थापना गरी कुपोषित बालबालिकाको उपचार गरिरहेको बताइन्छ ।

सो अवसरमा राजदूत भेसले यस क्षेत्रको समस्या गम्भीर भएकाले स्थानीयस्तरबाट पनि जोखिम न्यूनीकरणका उपाय पहिल्याउन आवश्यक रहेको बताउनुभयो ।

सो गाउँपालिका वडा नं २ का अध्यक्ष नरेशप्रसाद यादवले भौगोलिक बनोटले गर्दा पनि स्वास्थ्य समस्यामा वृद्धि भएको जानकारी दिनुभयो । रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *