रेशम चौधरीलाई पुर्पक्षका लागि थुनारमा राख्न आदेश

धनगढी, फागुन १४ । अदालतसामु आत्मसमर्णण गरेका कैलाली क्षेत्र नं १ बाट नवनिर्वाचित सांसद रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कैलालीले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो । त्यसअघि दिनभर चौधरी प्रतिवादी रहेको रिटमा बहस भएको थियो ।

अदालतको आदेशपछि चौधरीले अदालतले पूर्वाग्राही फैसला गरे पनि आफूले त्यसको सम्मान गर्ने प्रतिक्रिया दिए । अन्त्यमा आफूले न्याय पाउने उनको विश्वास छ ।

सात जना प्रहरी र एक नाबालक मारिएको चर्चित टिकापुर घटनामा उनलाई मुख्य अभियुक्त बनाइएको थियो । कैलाली जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतअन्तरले विजयी भएका उनले विजयको प्रमाणपत्र समेत लिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *