श्रीदेवीको मृत्युबारे बाहिरियो अचम्मको रहस्य

काठमाडौं, फागुन १४ । बलिउडकी फिमेल सुपरस्टार श्रीदेवीको ह्दयघातका कारण मृत्यु भएको बताइए पनि उनलाई ह्दयघात नभएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । उनको मृत्यु पानीमा डुबेर भएको तथ्य बाहिर आएको छ । संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी भएको सर्टिफिकेटमा श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको बताइएको छ ।

आफ्नो भतिजाको विवाहमा सहभागी हुन श्रीमान बोनी कपूर र सानी छोरी खुशी कपूरका साथ दुबई गएकी चर्चित अभिनेत्री श्रीदेवीको फेब्रुअरी २४ तारिखका दिन निधन भएको थियो । गल्फ न्यूजका अनुसरा दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय दूतावासलाई दिएको प्रतिवेदन अनुसार ‘दुर्घटनावश डुबेकै’ कारण श्रीदेवीको निधन भएको जनाएको छ । पोस्टमार्टम रिपोर्ट र अन्य औपचारिकता पूरा गरेर उनको शव भारत ल्याउन तयारी भएको समाचारमा जनाइएको छ ।

५४ वर्षीया श्रीदेवीले आफ्नो पाँच दशकको फिल्मी यात्रामा झण्डै तीन सय फिल्ममा काम गरेकी छिन् । उनको जन्म अगस्ट १३, १९६३ मा तामिलनाडुमा भएको थिए । उनले चार वर्षको उमेरमै तामिल फिल्म ‘कंधन करुणई’ बाट अभिनय यात्रा सुरु गरेका थिए ।

सन् १९८० को दशकमा हिन्दी सिनेमामा आफ्नो करिश्मा देखाएकी थिइन् । हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीनाजस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी छिन् । उनलाई लेडी अभिताभ बच्चनका नामले पनि चिनिन्छ ।

सन् २०१७ मा श्रीदेवीको फिल्म ‘मम’ रिलिज भएको थियो । फिल्मी क्षेत्रमा योगदान पुर्याएका कारण श्रीदेवीलाई पद्मश्री अवार्डबाट सम्मानित गरिएको थियो । बोनी कपूरसँग सन् १९९६ मा विवाह गरेपछि फिल्मी क्षेत्रबाट टाढिएकी श्रीदेवी सन् २०१२ मा चलचित्र ‘इंग्लिस विंग्लिस’ बाट पुनरागमन गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *