श्रीदेवीको पार्थिव शरीर अाज मुम्बइ ल्याइदै

मुम्बइ, फागुन १४ । भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिव शरीर सोमबार मुम्बइ ल्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला हृदयाघातका कारण उनको मृत्यु भएको हाे ।

अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेकोले उनको पार्थिव शरीरलाई सोमबार अपरान्हसम्म पनि मुम्बइ ल्याउन सकिएको छैन । सोमबार साँझसम्म उनको पार्थिव शरीरलाई मुम्बइ ल्याइने र भोली अन्तिम संस्कार हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

‘डेथ सर्टिफिकेट’ प्राप्त नभएकोले ढिला भएको र त्यो प्राप्त गरेपछि स्वदेश पठाइने दुबइमा रहेको भारतीय दूतावासका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार संयुक्त अरब इमिरेट्सको स्थानीय समयाअनुसार अपराह्न ३ः३० बजे उनको पार्थिव शरीर आफन्तजनलाई दिने जानकारी अस्पतालले दिएको छ

चर्चित अभिनेत्री श्रीदेवीकाे जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षको मात्र थिईन । उनले बालकलाकारको रूपमा चार वर्षको उमेरदेखि नै एक तमिल चलचित्रबाट कला जगतमा प्रवेश गरेकी थिइन । उनले मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, सद्मा जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्र लगायत अन्य डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *