नारायणगढ मुग्लिन सडकखण्ड विस्तारका लागि थप तीन महिनाको समय माग

काठमाडौं, फागुन १४ । नारायणगढ मुग्लिन सडकखण्ड विस्तारको काम निर्धारित समयमा नसकिने देखिएपछि ठेकेदार कम्पनीले थप ३ महिना समय माग गरेको छ ।

पटक पटक समय थप गर्दै आएको सडक निर्माण कम्पनीले अहिलेसम्म ७५ प्रतिशत मात्र काम सकिएकाले थप ३ महिना थप समय माग गरेको आयोजनाले जनाएको छ । नारायणगढ मुग्लिन सडक खण्डको ३ सय मिटर पहाड काट्नुपर्नेमध्ये १ सय २० मिटर मात्र काटिएको छ भने १८० मिटर पहाड काट्न बाँकी छ ।

३३ दशमलव २ किलोमिटर रहेको यो सडकखण्डमा ५५ प्रतिशत भागमा कालोपत्र गरिएको छ । यो परियोजनाका लागि बिएलए–श्रेष्ठ जेभी, उडहिल–लामा जेभी र सुप्रिम–रौताहा जेभीले ठेक्का लिएको छ । देशकै प्रमूख मागृको रुपमा रहेको नारायणगढ मुग्लिन सडक खण्ड विस्तार कार्य सम्पन्न गर्न ३० मे २०१८ सम्मको समय थप गर्न माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *