आज मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने तयारी गर्नु भएको छ  । एमाले र माओवादी केन्द्र दुवै दलका तर्फबाट मन्त्री हुनेको टुंगो आज १२ बजेसम्म लगाउने र दिउँसो शपथ गराउने योजना छ  ।

माओवादी केन्द्रले दिउँसोसम्ममा आफ्नो पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने नेताहरुको नाम सिफरिस गरिसक्ने भएकाले प्रधानमन्त्री ओली मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा जुट्नु भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रीका आकांक्षी धेरै भएपछि दुवै दलका अध्यक्षलाई नाम छनोट गर्न समस्या परेको हो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो पनि मन्त्री छनोट र मन्त्रालयबारे छलफल भएको थियो  ।

सरकारले प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गरेको छ । भागबन्डाअनुसार एमालेले प्रधानमन्त्रीबाहेक १० र माओवादीले ७ मन्त्रालय लिने तयारी छ । संघीय समाजवादी फोरमलाई पनि सरकारमा सामेल गराउने प्रयास जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *