दुई मोटरसाईकल ठक्कर खाँदा प्रहरी जवान गम्भीर घाइते

पोखरा, फागुन १३ ।  पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल रामघाट चोक नजिकै दुई मोटरसाइकल आपसमा ठोक्किंदा दुई जना घाइते भएका छन् । दुर्घटनमाा घाइते हुनेहरुमा प्रहरी इकाइ कार्यालय भद्रकाकालीमा कार्यरत कृष्ण प्रसाद सुवेदी र बेगनासका संजय क्षत्री रहेका छन् ।

एरिया गस्तीको लागि ढिकालेथरबाट भद्रकाली तर्फ गइरहेको प्रहरी इकाई कार्यालय भद्रकाकालीको सिआरभि (गस्ती)को ग १ ब ४०७ नम्वरको मोटरसाईकल र अंमरसिंह चोक तर्फबाट आएको ग ७ प ४१ ५७ नम्बरको अपाचे मोटरसाईकल आपरमा ठक्कर खाँदा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भिर घाईते भएका प्रहरी जवान सुवेदीलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगिएको थियो तर, उनलाई थप उपचारका लागि फिस्टेल अस्पताल लगिएको प्रहरीको जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *