नेपाल र भारतले साझा सरोकारका विषयमा समान धारणा बनाउने

काठमाडौं, फागुन १३ । नेपाल भारत प्रवुद्ध समुहको आठौं सातौं बैठक सम्पन्न भएको छ । प्रबुद्ध समूहको बैठकमा सन् १९५० को सन्धी खारेज वा पुनरावलोकन गर्ने विषयमा पनि छलफल भइरहेको छ । बैठकले दुई देश बिचको व्यापार, पानी, सीमा लगायतका साझा सरोकारका विषयमा समान धारणा बनाउने क्रम अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष भगतसिंह कोशियारीले प्रबुद्ध समूहले दिने प्रतिवेदन नेपाल र भारत दुवै देशका सबै सरोकारावालाहरुका लागि सर्वस्वीकार्य बनाइने बताए । कोशियारीले प्रवुद्ध समुह गठन हुँदा केपी शर्मा ओली नै प्रधानमन्त्री रहेको चर्चा गर्दै ओली दोस्रोपटक प्रधानमन्त्री बन्नु सुखद भएको टिप्पणी गरे । कोशियारीले भने ‘प्रवुद्ध समूह गठन गर्ने ओलीजी नै पुनः प्रधानमन्त्री बन्नु सुखद कुरा हो । नेपाली जनताले निर्वाचनबाट आफ्नो परिपक्वता प्रदर्शन गरेकाले उनीहरुलाई विशेष बधाइ छ ।’

कोशियारीले भने, ‘प्रजातन्त्र नेपाली जनताको मनमा देखियो, स्थानीय तहदेखि प्रतिनिधिसभासम्म उनीहरुले जुन परिपक्वता देखाए, त्यो अभिनन्दनयोग्य छ ।’

सो अवसरमा नेपाली पक्षबाट प्रवुद्ध समूहका सदस्य डा.भेषवहादुर थापाले सबै विषयमा छलफल सकारात्मक रहेको बताए । उनले भने ‘ब्यापार, पानी, सीमाना,१९५० को सन्धीलगायत सबै विषयमा कुरा भएको छ । सकारात्मक बाहेक अरु कुरा केही भन्न सकिन्न ।’

प्रबुद्ध समूहको आठौं बैठकले पूर्ण प्रतिवेदन तयार पार्ने सम्भावना छ । समूहलाई अब ५ महिनाको अवधि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *