संघीयता खारेज गर्न माग गर्दै प्रदेश सरकारलाई ज्ञापन

धनगढी, फागुन १३ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गरेको छ । जनमोर्चाले संघीय प्रणाली खारेज गर्नुपर्ने लगायतका मागसहित ७ न. प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको छ ।

मुख्यमन्त्री भट्टलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ– ‘नेपालको भूराजनीतिक अवस्था, राष्ट्रियताको रक्षा, विभिन्न जातजाती र क्षेत्रबिचको एकता, आर्थिक, सामाजिक, सांस्कृतिक कुनै पनि आवश्यकतासँग मेल नखाने हुनाले संघीय शासन प्रणाली खारेज गरिनुपर्दछ । त्यसको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रियतामाथि आधारित एकात्मक व्यवस्था कायम गरिनुपर्दछ ।

 

यस्तै, राजममोले सीमा क्षेत्रमा नेपालीहरुमाथि भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमण, लुटपाट र कुटपिट लगायतका विषयमा समेत मुखयमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रदेश राजधानीका सन्दर्भमा शुरुदेखि नै विवाद देखिएको भन्दै विज्ञहरु सम्मिलित आयोग गठन गर्ने र त्यसले दिएको सुझावका आधारमा राजधानी कायम गर्न पनि राजमोले सुझाव दिएको छ ।

प्रदेशको विकासका लागि खुटिया–दिपायल फास्ट ट्रयाक, सेती लोकमार्ग, महाकाली लोकमार्ग लगायतका राजमार्गहरुको काम छिटो सम्पन्न गर्न र तिब्बतसँगको नाका खोल्न पनि माग गरिएको छ ।

संघीयताप्रति शुरुदेखि नै बिमती राख्दै आएको जनमोर्चाले सातै प्रदेशबाट यसको विरोध गर्ने जनाएको छ । देशले धान्नै नसक्ने संघीयता खारेजीको विकल्प नरहेको भन्दै संघीयता खारेजी नभएसम्म आन्दोलन जारी राख्ने राजमो कैलालीका अध्यक्ष लक्षीरामा आचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *