विद्यार्थीले ‘आत्महत्या’ गरेपछि कलेजमा तनाव

बुटवल, फागुन १३ । रुपन्देहीको सालझण्डीमा एक विद्यार्थीले आत्महत्या गरेपछि कलेजमा तनाव भएको छ । कलेज प्रशासनले मानसिक टर्चर दिएका कारण आफ्ना साथीले आत्महत्या गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् ।

सालझण्डीस्थित अक्सर्फोड कलेजको ब्यवस्थापन संकाय कक्षा १२ मा अध्ययनरत बिक्रम सापकोटा शुक्रबार दिउँसो आफ्नै घरमा आत्महत्या गरेका थिए । तर, शिक्षकले अनावश्यक लान्छना लगाउँदा विक्रमले आत्महत्या गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । विद्यार्थीहरुले स्थानीय प्रशासनले घटनाको छानबिन गर्न माग गर्दै बुटवल बजारमा प्रर्दशन गरेका छन् ।

कलेज प्रशासनले भने विद्यार्थीहरुको आरोप अस्वीकार गरेको छ । प्राचार्य दिनेश भुसालले मादक सेवन गरेका विद्यार्थीका अभिभावकलाई बोलाएर अभिभावकको जिम्मा लगाएको र विक्रमको परिवारलाई पनि फोनबाट छोरा गलत संगतमा लागेको जानकारी मात्र गराएको बताए ।

विद्यालय प्रशासनका अनुसार विहानी सिफ्टमा अध्ययनरत विक्रम शुक्रबार कलेजमा ढिलो आएका थिए । उनी र अर्का एक विद्यार्थी झण्डै ४० मिनेट ढिलो आएका हुन् ।

विद्यालय प्रशासनले सोधपुछ गरी अभिभावकको जिम्मा लगाएको र विक्रम विहान ११ः४५ बजे स्कुल बसमै घर फर्किएका थिए । तर, दिउँसो घरमै आत्महत्या गरे । परिवारले प्रहरीको रोहवरमा प्रक्रिया पुरा गरी अन्तिम संस्कारसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *