हार्दिक श्रद्धाञ्जलीः हवाहवार्इ !

बिहानै माेवार्इलमा समाचार हेर्ने गर्छु । समाचार भन्दापनि फेसबुक भनाैं । आजकल फेसबुकमै राष्टिय अन्तराष्टिय समाचार आउँछन् । अबेर रात जाग्राम बस्ने दैनिकीले बिहान घामले आधा धर्ती ढाकेपछि उठ्ने बानी भर्इसक्याे । सदा झैँ हिजाे पनि अबेर सुतेँ ।

बिहान ८ बजे तिर छिमेकका दार्इ आए, ‘हैन भार्इ अहिलेसम्म सिरकमा याे त भएन है ’ भन्दै ढाेका उघारि दिए । ‘यहाँ देश विदेशमा के भर्इसक्याे तिमी भने, मुख छाेपेरै दिन बिताऊ’

कहिल्लै बिहानै घरमा नआउने मान्छे यसरी आएपछि मलार्इ पनि उठ्न करै लाग्याे । ‘हजुर दार्इ मेराे त यस्तै छ बानी, ढिलाे सुत्छु, उठाई पनि ढिलाे नै हुन्छ ।’

दार्इले टि.भी.काे रिमाेट थिच्दै भने, ‘श्रीदेवीकाे मृत्यु भएछ नि’

 

‘हँ, के भन्नुहुन्छ ? अस्ति भर्खर २०१७ मा ‘माँम’ फिल्म हेरेकाे, हैन हाेला ?’ भने ।

उनले जी न्यूज लगाउँदै भने ‘खै यसै भन्छन्, समाचारवालाहरू’

आँखा मिच्दै हेरेँ, भारतीय न्यूज च्यानलमा श्रीदेवी कै मृत्युका समाचार ब्रेकिङ भर्इरहेका रहेछन् । कतिले उनका यादगार गीत र जीवन्त अभिनय गरेका संवाद देखार्इ रहेका रहेछन् । कतिले युएर्इबाटै ब्रेकिङ गर्दै थिए ।

रातकाे २ बजे तिरेका घटना भएकाेले मलार्इ मात्र हैन धेरै नेपालीलार्इ श्रीदेवीकाे हर्ट अट्याक थाहा भएन ।

दार्इसँग कुरा गर्दै गर्दा स्टार न्यूजले एउटा गीत बनायाे ।

मे ख्वावाे की सहजादी हर दीलमे छार्इ…….. हवाहवार्इ…

याे गीतमा छमछमी श्रीदेवी नाचिरहेकाे देख्दा मलार्इ त्यही फिल्मकाे हराउने मान्छेकाे याद अायाे । अर्थात् अनिल कपुरले निभाएकाे भूमिकाकाे । मि. इण्डियामा अनिल कपुर घडी लगाएपछि गायब हुन्छन् । बाल्यकालमा मैले (श्यामस्वेत) टेलिभिजनमा भारतीय टिभी च्यानल दुरदर्शनबाट याे फिल्म मैले धेरै चाेटी हेरेकाे छु । धेरै पटक यस्तै घडी पाए म पनि गायब हुन्थे, म पनि आकाशमा उडेर डाँडापारी जान्थे भनेर कल्पिन्थे ।

फिल्ममा श्रीदेवीले ‘हवाहवार्इ’ भन्दै श्यामश्वेत टेलिभिजनमा नाचिँरहँदा हामी ‘हवाहवार्इ’ भनेकाे के हाेला भन्दै कल्पन्थ्याैं । सायद, आउँदै जाँदै गर्नेलार्इ पाे ‘हवाहवार्इ’ भन्दा हुन् की ? श्रीदेवी पनि ‘हवाहवार्इ’ जस्तै गरी अाउँथिन् जान्थिन् । तर, उनले नाचेकाे र गाएकाे गीत ‘हवाहवार्इ’ याे मानसपटलबाट गएन ।

फिल्ममा पत्रकारकाे भूमिकामा श्रीदेवी थिर्इन् । उनी एउटा सिनमा भिलेनकाे अड्डामा भेष बदलेर जान्छिन् । भिलेनले काे हाे भनेर साेधखाेज गर्दा भन्छिन् ‘हवाहवार्इ’ । याे गीतले त्यत्तिबेला भारतमात्र हैन पुरै नेपाल तातेकाे थियाे । ४८–५० सालतिर गाउँघरमा भर्खरै बजारमा आउन थालेका साना साना वाकमेन (रिलवाला क्यासेट प्लेयर) मा हवाहवार्इ घन्किन्थ्याे ।

अझ मेलापात र साप्ताहिक हाट बजारमा भारतबाट आउने खेलावालाले याे गीत ढ्वाङ मार्इकमा बजाउँदा पुरै हटिया गुञ्जायमान हुन्थ्याे । हामीलार्इ गीतकाे भाषा र शब्द बुझ्न जरुरी थिएन जतिखेर पनि ‘हवाहवार्इ…हवाहवार्इ’ भन्दै फलाक्थ्याैं । सायद त्यत्तिखेर ‘हवाहवार्इ’ भन्ने चकलेट पनि पार्इथ्याे क्यार, त्यत्ति याद आएन । त्याे पनि किनेर खाइथ्याे । दशैंतिहारमा लाग्ने मेलाहरूमा लठ्ठीमा घुमाएर बनाएकाे मुखमा हाल्ने बित्तिकै बिलाउने चललेटलार्इ नै हवाहवार्इ पाे भन्थे की ?

मलार्इ मि. इण्डियाकाे  हवाहवार्इसँगै याद आउने पात्र हाे,

‘माेग्याम्वाे खुस हुवा’

‘माेग्याम्वाे खुस हुवा’ अर्थात् मि. इण्डियाका खलनायक । जसलार्इ मैले चलचित्र भनेकाे के हाे भनेर नबुझ्दासम्म साच्चिकै गुन्डा नै सम्झिएँ । रातमा सुत्दा पनि माेग्याम्वाे आउँछ की भनेर डरले थुरथुर भए । रछ्यानाँ पिसाब फेर्न जान नसकेर रातभर च्यापेर बसें ।

केटाकेटीमा साथीभार्इसँग खेल्दा हामी यस्तै फिल्मका फार्इट सिन पनि सम्झन्थ्याैं, डायलग सम्झन्थ्याैं । जाे गुन्डा (भिलेन) हुन्थ्याे उसले ‘माेग्याम्वाे खुस हुवा’  भन्दै हिराे र हिराेका अाफन्तलार्इ लछारपछार पार्दथ्याे ।

पछि एउटाले अग्लाे ठाउँबाट हाम् फालेर माेग्याम्वाेलार्इ भकुर्थ्याे । ख्यालख्यालमा खेलिने खेलमा कहिले काहीँ हात खुट्टा दर्फर्याउँथे । लुगा च्यात्तिन्थे । तर, हिराे र भिलेनकाे खेल खेल्न छाडिएन । माेग्याम्वाे (अमरिश पुरी) ले संसार छाडेर गए ।

हामी केटाकेटीलार्इ अमरिश पुरीले बाेलेकाे त्याे डायलग यति सजिलाे थियाे की, हामी सबै फिल्मका डायलगमा भिलेनलार्इ ‘माेग्याम्वाे खस हुवा’ नै भन्न लगाउँथ्याैं । त्यत्तिबेलाका हिराेहरू अनिल कपुर, सञ्जय दत्त, जितेन्द्र, धर्मेन्द्र सबैका फिल्मका फार्इटहरू हामी कपी गर्दथ्याैं । अनि भन्थ्याैं ‘माेग्याम्वाे खुस हुवा’

फिल्मकाे कथा बुझ्न बर्षाैं लाग्याे, तर, भिलेनकाे याे डायलग एकै पटकमा कण्ठस्त ।

‘माेग्याम्वाे खुस हुवा’ पछि मलार्इ याद भएकाे सिन भनेकाे हिराे गायब हुने सिन हाे । हातमा चट्ट घडी लगायाे, अनि गायब भयाे । गुण्डाहरूलार्इ धुलिसात बनायाे । हामी धेरै सिनमा हातमा आलु घडी (नचल्ने प्लास्टिककाे घडी) लगाउँथ्याैं, अनि त्यसलार्इ नै गायब गराउने घडी भन्दै गायब भएकाे नाटक गर्थ्याैं । माेग्याम्बाेलार्इ भकुर्थाैं । बिचरा, माेग्याम्वाे हुनेको कुटार्इ खाएर बेहाल हुन्थ्याे । आलु घडी थिच्दा हामी गायब भएकाे नाटक गर्थाैं, भिलेज हुनेले हान्न पाउन्नथ्याे । कहिलेकाहीँ त तीन दिनसम्म हर नै चलाउन सकिन्नथ्याे । लडेर घुँडा धसारिन्थ्याे ।  हवाहवार्इ, माेग्याम्वाे र गायब हुने घडीकाे चर्चा बर्षाैं रह्याे ।

अँ, त्यत्तिबेला ‘एक दुई, तीन चार, पाँच छ, …. भन्ने बाेलकाे गीत (माधुरी दिक्षितले नाचेकाे) पनि खुब चल्याे । तिहारमा धेरै दिदीबहिनीहरू यी गीतमा नाचे । धेरैले श्रीदेवीले लगाएकै जस्ता घाँघर सिलाए, कुर्तासलवार सिलाए, कतिले कपाल पनि त्यस्तै बनाए ।

त्यसपछि श्रीदेवीका धेरै फिल्म हेरेँ । लाडला, खुदा गवाह, गुमराह, नागीन, हिम्मतवाला, ताेफा, रूपकी रानी चाेराेंका राजा, अाग अाैर शाेला, चन्द्रमुखी आदि । यी सबै फिल्ममा श्रीदेवीले गरेकाे अभिनय । ५१ वर्षको अभिनय करियरमा तीन सय फिल्म खेलेकी श्रीदेवीले धेरैमा चुनाैतीपूर्ण अभिनय गरेकी थिर्इन् ।

त्यसपछि बिस्तारै फिलिम भनेकाे नाटक हाे, यसमा कथा हुन्छ, पात्र हुन्छ, क्यामरा हुन्छ, अरू धेरै थोक हुन्छ भन्ने थाहा हुँदै गयाे । श्यामस्वेत टिभीबाट घरघरमा रंगीन टिभी अायाे । अहिले पुरै संसार डिजिटल भएकाे छ । ८० इन्चसम्मका फ्ल्याट टेलिभिजन अार्इसके । नेपालमै धेरै फिल्म बन्न थाले । अहिले नेपाली च्यानलबाटै नेपाली फिल्म दिनथाले ।

OOOO

बलिउड फिल्म इण्डष्टिजमा सदावहार नायिका श्रीदेवीको असामयिक निधनले बलिउड शोकमा छ । आकर्षक अभिनय र नृत्यका कारण तीन दशकसम्म बलिउडमा राज गर्न सफल नायिका श्रीदेवीको युएर्इको एक वैवाहिक कार्यक्रममा हुँदा बलिउड मात्र हैन कलिउड (काठमाडाैं) पनि अात्तिएकाे छ ।

श्रीदेवी हिन्दी चलचित्रकी यस्ती नायिका थिर्इन् जसलार्इ निर्माताहरू नायककाे दर्जा दिन्थे । समकालीन नायकहरू अमिताभ बच्चन, अनिल कपुर, जितेन्द्र जस्ता स्टारलार्इ कुनै महिला कलाकारले माथ खुवाउने हिम्मत गर्थिन् भने, ती श्रीदेवी मात्र थिर्इन् । उनीसँगै बलिउडमा आएकी माधुरी दिक्षित र मनीषा काेइरालाले एक खालको छाप बनाउँदै गर्दा श्रीदेवी भने सफलताका उचार्इमा रम्दै थिर्इन् ।

१३ अगस्ट १९६३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवीले ४ वर्षको उमेरमै तमिल भाषाको फिल्ममा अभिनय गरिन्।  त्यसपछि श्रीदेवीले १९७९ बाट हिन्दी फिल्म नगरीमा चलचित्र ‘१६ साल’ बाट पाइला चाल्दै उनले पाँच दशककाे लामाे यात्रा तय गरिन् । बलिउडमा हिराेइनकाे दिन चाँडै सकिन्छ । उनीसँगैका माधुरी दिक्षित, मनीषा काेर्इराला, उर्मिला, लगायत आए, तर ती सबै गुमनाम हुँदै गए । तर, श्रीदेवीकाे अभिनय र सुन्दरता कहिल्लै अाेर्इलिएन । सन् १९८० देखी २० वर्षसम्म बलिउड फिल्ममा तहल्का नै मच्चाईन् ।

१९९२ मा विग बि (अमिताभ बच्चन) सँगको खुद गवाहमा उनले गरेकाे अभिनयले उनलाई भारतीय फिल्म इण्डष्ट्रिजमा स्थापित मात्र गरेन ।उनका अगाडी दर्जनाै निर्माता ब्ल्याङक चेक बाेकेर आउन थालेका थिए । उनले त्यत्तिबेलाकाे पारिश्रमिक सुन्दा एक दशक अघि पार्इला चालेका नायक चित खान्थे ।

श्रीदेवीका कयौँ यस्ता फिल्म छन् जहाँ उनको अभिनय र नृत्यका कारण नायकहरू छायाँमा परेका छन् । उनले १९८७ मा अनिल कपुरसँग फिल्म मि. इण्डिया गरिन् । याे फिल्म खलनायककाे भूमिका निर्वाह गरेका अमरिश पुरीकाे गेटअप, डायलग र श्रीदेवीकाे हवाहवार्इ नृत्यले मात्र चर्चामा अायाे ।

सन् १९९७ मा अनिल कपुरसँगको जुदार्इमा पैसाका लागि श्रीमानलार्इ समेत बेच्ने श्रीमतीको रोलका कारण स्टार नायक अनिल कुपर नै छायाँमा परे । श्रीदेवीले जुदार्इमा भारतका नवढनाढ्यका श्रीमतीहरूको प्रतिनिधित्व गरेकी थिर्इन् । फिल्मले वक्स अफिसमा कमाल गर्‍यो भने, समिक्षकलार्इ पनि श्रीदेवीको अभिनयले सोच्न बाध्य बनार्इ दियो । जुदार्इमा विक्री भएका अनिल कपुर श्रीदेवीका अगाडी दमदार अभिनयका वावजुद फिका भर्इदिए ।

सदमा फिल्मबाट उनले फिल्म फेयर अवार्ड नै हात पारिन् । फिल्म सदमामा श्रीदेवीले विगत बिर्सिएकी युवतीकाे राेल गरेकी थिर्इन् ।

चलचित्र गुमराहमा नायक सञ्जय दत्तसँग स्क्रिन शेयर गरेकी श्रीदेवीले निर्वाह गरेकाे भूमिका अझै बलिउडमा याद गरिन्छ । तथापि, याे फिल्मकाे सुटिङ ताका सञ्जय दत्त र उनी बिच धेरै विवादहरू आए ।

सन् ८० को दशकमा श्रीदेवीले अभिनय गरेका प्रायः सबै फिल्महरू सफल भए । सो बखत उनलाई हिन्दी फिल्मकी एक सफल महिला नायकका रूपमा लिइयो । एकाध वर्ष उनले त्यत्तिखेरका सुपरस्टार नायक अभिताम बच्चनलाई समेत छायाँमा पारिदिईन् । उनले हिम्मतवाला, तोफा, गुमराह, नागिन, जाँबाज, सदमा जस्ता सुपरहिट फिल्म दिँदा त्यत्तिबेलाका चल्तापुर्जा नायकहरू अाेझेलमा परे। उनले नायक जितेन्द्रसँग  हिमालय, तोफा, जस्टिष्ट चौधरी र मवाली जस्ता सुपरहिट फिल्म दिइन ।

सन् २०१२ मा आएको इङलिस भिङलिस फिल्ममा उनले गरेको अभिनयले उनलार्इ फिल्म फेयरको अवार्ड समेत दिलायो । इङलिस भिङलिसमा उनले साधारण गृहिणीको रोल निर्वाह गरेकी छिन् । पछिल्ला समय भारतमा नयाँ पुस्ताको अङग्रेजी मोह यति बढेको छ की, आफ्ना आमा बुबालार्इ अङ्ग्रेजी नआउँदा उनीहरू होच्याउँछन् । त्यसमाथि भारतीय गृहिणी महिलाहरू पीडित छन् । श्रीदेवीले इङलिस भिङलिसमा तीनै अङ्ग्रेजी नजान्ने भारतीय महिलाको प्रतिनिधित्व गरेकी थिर्इन् ।

श्रीदेवीले अाफ्नाे फिल्मी करियरमा करिब तीन सय फिल्ममा अभिनय गरिन् । जसमध्ये सय बढी फिल्म अहिलेपनि बलिउडमा सफल फिल्मका रूपमा लिइन्छ । गतवर्ष रिलिज भएको ‘माम’ फिल्मबाट बलिउडमा कमब्याक गरेकी श्रीदेवीले सो फिल्ममा गरेको अभिनयलाई सबैले रुचाएका थिए । उनी आउँदा वर्षहरूमा नायक सञ्जय दत्तसँग पुनः देखापर्ने तयारीमा थिर्इन् । भने, नायक शाहरूख खानसँग जिराे चलचित्रमा गेस्ट राेलमा पनि थिर्इन् ।

OOOO

भनिन्छ, समाज र राष्टका लागि काम गर्ने ब्यक्तिकाे घरपरिवार सफल हुँदैन रे । श्रीदेवीले जिवनकाे ५० दशक भारतीय फिल्मका रंगीन पर्दामा ब्यतित गर्दा बम्बइलार्इ बलिउड बनाउन ठुलै भूमिका खेलिन् । तर, अाफ्नाे व्यक्तिगत जीवन भने उतारचढाव मै वित्याे । फिल्म नगरीमा श्रीदेवीलार्इ नाेटिस गर्ने लाखाैं थिए । सँगै व्यक्तिगत जीवनमा उनी प्रति अाक्राेस व्यक्त गर्नेको कमी पनि भएन । उनले समयसँगै पारिवारिक जीवनलाई अगाडी बढाउन नसक्दा धेरै समस्या झेलिन् ।

९० को दशकमा श्रीदेवीले विवाहित निर्माता बोनी कपूरसँग विवाह गरिन । निर्माता बाेनी कपुरकी कान्छी श्रीमती बनेर जाँदा श्रीदेवीलार्इ धेरैले गलत भने । बाेनी कपुर र श्रीदेवीकाे प्रेम संम्बन्ध मि. इण्डियाबाटै सुरु भएकाे थियाे । बाेनी र श्रीदेवीका दुर्इ छाेरी जान्हवी र जान्ह्वी छन् । श्रीदेवी र बाेनी विचकाे वैवाहिक सम्बन्धमा पारिवारिक कलह बढ्नुमा फरक संस्कार र संस्कृति जिम्मेवार रहेकाे बतार्इन्छ । श्रीदेवी दक्षिण भारतकी थिर्इन् भने, बाेनी कपुर पञ्जाबी हुन् ।

जुनसुकै विषयकाे सकारात्मक नकारात्मक पाटाे हुन्छ । श्रीदेवीमा पनि त्यही लागू हुने हाे । पाँच दशक भारतीय फिल्म नगरीमा टिक्नु कुनै चानचुने कुरा हैन । याे सँगै भारतीय कला र संस्कृतिलार्इ विश्वसामू पुर्‍याउनु झन् ठूलाे कुरा हाे । अहिले बलिउडका हरेक फिल्म विश्व बजारमा बिक्छन् । यदि श्रीदेवी जस्ता प्रतिभावान कलाकारले मुम्बइलार्इ बलिउड बनाउन सङ्घर्ष नगरेकाे भए आज मुम्बइ कला नगरीकाे ताज बन्ने थिएन ।

हार्दिक श्रद्धासुमन  हवाहवार्इ !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *