माइक्रोबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

सप्तरी फागुन १३ । फत्तेपुर–कञ्चनरुप सडक खण्डअन्तर्गत मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोक्किँदा आज बिहान दुई जनाको मृत्यु भएको छ ।

फत्तेपुरबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८२४ नं को हायस माइक्रोबसले कञ्चनरुप नगरपालिका–६ मलेठस्थित मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहेको को ३१ प ३३५० नं को मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर, बेलका नगरपालिका, तपेश्वरी बस्ने २५ वर्षीय राजेशकुमार साह र पछाडि सवार सुनसरी, इनरुवा नगरपालिका २ बस्ने २६ वर्षीय दिलीपकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

राजेशको विराटनगरस्थित न्यूरो अस्पतालमा र दिलीपको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा परेका सवारी साधनलाई इप्रका कञ्चनरुपले नियन्त्रणमा लिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *