जिरोनाविरुद्ध बार्सिलोना १–६ गोल अन्तरले विजयी

काठमाडौं, फागुन १३ । बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा जिरोनाले दोस्रो मिनेटमा नै लिएको अग्रताविरुद्ध घरेलु टिमले ६ गोल गरेको थियो ।

स्वारेजको ह्याट्रिकसँगै लियोनेल मेस्सीले २ गोल गरेका थिए भने फिलिपे काउटिन्होले पनि एक गोलको योगदान दिए । तेस्रो मिनेटमा पोर्तुले गोल गर्दै जिरोनालाई अग्रता दिलाउँदा घरेलु समर्थक स्तब्ध भए ।

तर त्यो अग्रता दुई मिनेटभन्दा बढी टिक्न सकेन् । पाँचौं मिनेटमा स्वारेजले गोल गर्दै खेल बराबरीमा पु¥याए । ३० औं मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

३६ औं मिनेटमा मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गरे भने ४४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफ अघि बार्सिलोनाले ४–१ को अग्रता लिएको थियो ।

६६ औं मिनटमा फिलिपे काउटिन्होले बार्सिलोनाको खातामा पाँचौं गोल थपे भने ७६ औं मिनेटमा लुइस स्वारेजले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ६–१ को विजयी भयो ।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको एथलेटिको मड्रिडसँगको दूरी १० अंकमा लम्ब्याएको छ । जिरोनाको भने ३४ अंक छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *