मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान शुरु

महेनद्रनगर, फागुन १२ । माईती नेपालले मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ जनचेतना अभियान शुरु गरेको छ । ‘हामी सबैको जिम्मेवारी, मानव बेचबिखन बिरुद्ध गरौँ खबरदारी’ भन्ने मुल नाराका साथ आजबाट पश्चिम नेपालको कञ्चनपुरदेखि अभियान शुरु भएको हो ।

७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अभियानको उद्घाटन गरे । अभियानको उद्घाटन गर्दै मन्त्री भट्टले ७ नम्बर प्रदेशलाई मानव बेचबिखन सुन्यतामा झार्ने घोषणा गरेका छन् । कानुन कडा बनाएर भएपनि बेचबिखन न्यूनिकरण गर्ने उनको भनाई छ । मिलोमतोमा हुने मानव बेचबिखनमा अपराध क्षम्य नहुने बताउदै मुख्य मन्त्री भट्टले मानव बेचबिखन रोक्नका लागि सबैले प्रण गर्नुपर्नेमा जोडदिए ।

मानव बेचबिखन न्यूनिकरण गर्ने उदेश्यका साथ मेची–काली अभियान संचालन गरिएको माईती नेपालले जनाएको छ ।

माईती नेपालका प्रशासकिय अधिकृत हस्त बहादुर खडकाले मानव बेचबिखन रोक्नका लागि देशव्यापी सचेतनामुलक अभियान थालेको बताए । उनका अनुसार महाकालीदेखि मेचीसम्म ७ दिन विभिन्न ठाउँमा सचेतनामुलक कार्यक्रम संचालन गरिने छन् ।

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले खुला सीमा नाकाका कारण कञ्चनपुर उच्च जोखिममा रहेको बताईन् ।

बेचबिखन रोक्नका लागि अभियान थालिएको बताउदै उनले ग्रामीण भेग बस्तीबस्तीमा सचेतनाका कार्यक्रम संचालनमा जोडदिईन् । उनले हरेक दिन ५ देखि ७ जना भारत तर्फ लग्ने गरेको बताईन् । उनले माइती नेपालले स्थापनाको २५ बर्षसम्ममा ३६ हजार ४५ जना जोखिममा परेका महिला तथा बालबालिकालाई उद्दार गरिएको बताए । १८ हजार ५५ लाई कानुनी उपचार, १० हजार ६ सय ६५ जना घरेलु हिंसापीडीतको पुर्नमिलन गरिएको छ ।

बलात्कार मुद्दा र मानव बेचबिखन मुद्दाका एक हजार ५ सय ७१ जना पीडकलाई कानुनी कारवाही गरी जेल चलान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *