एक वर्षभित्र काठमाडौंलाई मास्करहित बनाउँछु : मन्त्री पण्डित

काठमाडौँ, फागुन १२ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्षभित्रै काठमाडौंलाई मास्करहित बनाउने दृढता व्यक्त गरेका छन् ।

हरेक हप्ता गरिने बागमती नदी सफाईका क्रममा शनिबार सरसफाईमा सहभागी मन्त्री पण्डितले काठमाडौँमा मास्क नलगाई हिँड्नसक्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाएका हुन् । “एक वर्षभित्र उपत्यकाका सडकमा मात्र होइन नदी सफाइमा आउँदा पनि मास्क नलगाई आउनसक्ने गरी काम गर्नेछु”–उनले भने ।

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाअभियानको २५० औँ हप्तामा आज वाग्मती मनोहरा दोभानस्थित शंखमूल क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ४० संस्थाको संस्थागत सहभागिता थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २११ औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

रुद्रमती सफाइको २०६ औँ, विष्णुमती सफाइको १७७ औँ र मीनभवन क्षेत्रको आलोकनगर सफाइको ४६ औँ हप्ताको सफाइ समूह पनि वाग्मती सफाइको २५० औँ हप्ताको कार्यक्रममै सहभागी भएको थियो ।

चक्रपथ सफाइको ४६ औँ हप्तामा चप्पल काराखाना चोकबाट महाराजगञ्ज चोकसम्मको सडक क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आजको सफाइमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापासहित ५०० जना भन्दा बढी अभियन्ताको सक्रियता थियो ।

सफाइसँगै सडकको दायाँबायाँ भागमा लगाइएका फलामका काँडे तार र बार भत्काइयो । केही मानिसले सडक किनारमा बाली लगाउन लगाएको तारबार आज डोजर लगाएर हटाइएको सफाइ अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

सफाइमा तीनवटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताललगायत संस्थाको सहभागिता थियो । कार्यक्रममा मन्त्री थापाले जनताबाट शुरु भएको परिवर्तनसहितको सफाइ अभियानलाई सरकारले पनि साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

चक्रपथको बाफल खण्ड सफाइको २८ औँ हप्तामा स्वयम्भू सानो भ¥याङबाट अन्नपूर्णचोकसम्म सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५५ औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताईन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *