बेपत्ता पारिएकाहरुकोे खोजी नभएकोप्रति आफन्तजन चिन्तित

धनगढी, फागुन १२ । गठन भएको तिन वर्षसम्म पनि सशस्त्र द्धन्द्धका क्रममा भएका घटनाको छानविन गर्न गठित समितिहरुले काम गर्न नसकेको भन्दै बेपत्ता परिवारका आफन्तजन चिन्तित भएका छन् ।

सात नम्बर प्रदेशबाट पठाइएका कुनै पनि उजुरीको छानविन गर्न नसकेको भन्दै द्धन्द्ध पिडित साझा चौतारीले आयोगहरुको गतिविधिप्रति आपत्ति जनाएको छ ।

सशस्त्र द्धन्द्धको क्रममा भएका मानव अधिकार उलंङ्घन तथा मानवता विरुद्धका अपराधका घटनाको छानविन गर्न गठित वेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगले हालसम्ममा एउटा उजुरीको पनि छानविन गर्न नसकेको भन्दै द्धन्द्ध पिडित साझा चौतारीले तत्काल छानविन तथा अनुसन्धान प्रक्रिया बढाउन माग गरेको छ ।

सरकारले सशस्त्र द्धन्द्धको क्रममा भएका मानव अधिकार उल्लङघन तथा मानवता विरुद्धका अपराधका घटनाको छानविन गर्न २०७३ साल माघ २७ गते वेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गरेको थियो । त्यसपछिबाट जिल्ला स्थित शान्ति समिति मार्फत उजुरी गर्न आग्रह गरिएको थियो । यस प्रदेशमा १ हजार उजुरी पठाईएको थियो । तर, द्धन्द्ध पिडितहरुले उजुरी दिएको लामो समयसम्म पनि सात नम्बर प्रदेशबाट दिईएका कुनै पनि उजुरीको छानविन हुन नसकेको द्धन्द्ध पिडित साझा चौतारी सात नम्बर प्रदेशका सयोजक गणेश मल्लले बताए ।

हाल फेरि ति दुई आयोगको म्याद एक वर्ष थप गरिएको छ । तर, द्धन्द्ध पिडित साझा चौतारीले भने आयोगले निभाएको भुमिका र जिम्मेवारीको मुल्याङ्कन नगरी तथा ऐन सशोधन नगरी म्याद थपिएको भन्दै आपत्ति जनाएको छ । आयोगमा दर्ता भएका हजारौ उजुरीको अनुसन्धान प्रक्रिया छिटो छरितो बनाउनका लागि सात वटै प्रदेशमा उच्च अदालत रहेको स्थानमा मुकाम स्थापना गरिएको भएपनि उजुरीमाथिको छानविन प्रक्रिया अगाढी बढ्न सकेको छैन । सशस्त्र द्धन्द्ध भएको लामो समयपछि वेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *