मन्त्री चयन गर्ने अधिकार ओलीलाई

काठमाडौं, फागुन ११ । नेकपा एमालेले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले पार्टीबाट मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको हो ।

बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।


मन्त्रिमण्डल विस्तार गर्ने क्रममा नेकपा माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीसहित पार्टीभित्रका नेतासँग समेत छलफल गरे मन्त्री चयन गर्न बैठकले अध्यक्षलाई भनेको छ ।

बैठकले दुई पार्टीबिच एकताका क्रममा यही फागुन ७ गते भएको सात बुँदे सम्झौता पार्टी एकीकरणको सकारात्मक आधार भएको भन्दै अनुमोदनसमेत गरेको भट्टराईले जानकारी दिए ।

केन्द्रमा १८ मन्त्रालय रहने सरकारको निर्णय
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय रहने निर्णय गरेको छ ।

राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले १७ वटा मात्र मन्त्रालय राख्ने निर्णय गरेको जनसङ्ख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

केन्द्रमा बढीमा १५ वटा मन्त्रालय रहने संवैधानिक व्यवस्था रहेपनि सरकारले १७ वटा मन्त्रालय र एउटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहने निर्णय गरेको हो ।

यसअघि ३० वटा मन्त्रालय थिए । मन्त्री पण्डितकाअनुसार, आावश्यक गृहकार्य गरी गाभिने मन्त्रालयबारे टुङ्गो लगाएर मन्त्रालयको नाम तय गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *