‘परेली भित्र लुकाई राखे सधैंका लागि आँशु दिएर गई’
“
काठमाडौं, फागुन ११ ।
परेली भित्र लुकाई राखे सधैंका लागि आँशु दिएर गई ।
मुटु भित्र लुकाई राखे मुटु नै छिया छिया बनाई गई ।
दुई थोपा आँशुको त के मोल नै रह्यो र ?
हाँसी हाँसी उ त पराईको हात समाएर गई ।
हाँसी हाँसी उ त पराईको हात समाएर गई ।
हास्ने र हसाउने जिन्दगीको रितमा फोस्रो प्रित उनेर गई ।
दुई पलका सपना साटेर यहाँ रंगमन्चको पर्दामा नाटक रचेर गई ।
अरु त के के गरि जिन्दगीमा त्यो मोरीले थाहा भएन ।
अब त आधा मात्र श्वास चल्ने बनाई छोडेर गई ।
अब त आधा मात्र श्वास चल्ने बनाई छोडेर गई ।
परेली भित्र लुकाई राखे सधैंका लागि आँशु दिएर गई ।
मुटु भित्र लुकाई राखे मुटु नै छिया छिया बनाई गई ।
कसैले नजानेको जस्तै गरेर गई ।
एकोहोरो उसलाई हेर्ने नजर अरुका माझ दोषी बनाई गई ।
तिमी हिड्ने बाटो भरी फुलै फुल बिच्छयाउछु भन्थी मोरीले ।
तर आज बाटा भरी काँडै काँडा रोपेर गई ।
तर आज बाटा भरी काँडै काँडा रोपेर गई ।
परेली भित्र लुकाई राखे सधैंका लागि आँशु दिएर गई ।
मुटु भित्र लुकाई राखे मुटु नै छिया छिया बनाई गई ।
सुकाई घोक्रो सबैका माझ निश्चल प्रेम गर्छु भन्थी ।
आज सबैको माझ आफनो औकात देखाई गई ।
राम्रो र स्वच्छ मन छ ठानेको त उसमा ।
तर उसैले जिन्दगीका हर खुशी लुटेर गई ।
तर उसैले जिन्दगीका हर खुशी लुटेर गई ।
परेली भित्र लुकाई राखे सधैंका लागि आँशु दिएर गई ।
मुटु भित्र लुकाई राखे मुटु नै छिया छिया बनाई गई ।
“