झुनाज फिटनेसद्धारा निर्भाना फिटनेस दिवस तथा वल्र्ड व्रिथिङ्ग डे मनाइयो

भरतराज शर्मा (गोपाल)
धरान (सुनसरी) फागुन ११ । झुनाज फिटनेसले निर्भाना फिटनेस दिवस तथा वल्र्ड व्रिथिङ्ग डे मनाएको छ । झुनाज फिटनेशले निर्भाना फिटनेस सम्बन्धि चेतनामुलक कार्यक्रमको आयोजना गरि वल्र्ड ब्रिथिङ दिवस मनाएको हो ।

फेब्रअरी २२ मा निर्भाना फिटनेस स्थापना दिवस र सोहि दिन व्रिथिङ्ग डे पनि पर्ने भएकोले फिटनेश सम्बन्धी क्लबहरुले महत्वकासाथ मनाउने गर्दछन् । निर्भाना एक प्रकारको कसरत हो, यो बढि श्वास प्रश्वासमा केन्द्रित कसरत झुनाज फिटनेशकी संञ्चालक झुना राईले बताईन ।

फेब्रुअरी २२ निर्भानाको स्थापना दिवस भएकोले पनि निर्भाना फिटनेस गराइएको झुनाज फिटनेसका प्रोपराइटर तथा प्रशिक्षक झुना राईले जानकारी दिइन् ।

निर्भाना मेडिटेसन, योगा र पिलाटेसको कम्विनेसन रहेका कसरत भएको निर्भाना फिटनेसका गुरु सुसान्ति राईले बताईन । निर्भाना गर्दा शरिरको सबै भाग सक्रिय हुने हुनाले यसले शारिरिक र मानसिक दुवैलाई फाइदा पुग्ने फिटनेस गुरु सुशान्ति राई बताइन् ।

जुनै पनि उमेर समुहकाले गर्न सक्ने शान्त संगीतको धुनमा गरिने निर्भानाले तनाव कम गर्नुका साथै स्वास्प्रस्वास रोगि र धुम्रपान गर्नेहरुलाई बढि फाइदा हुने राईले बताईन ।

नेपालमा थोरै मात्रामा निर्भाना गुरुहरु रहेको र मोफसलमा झुनाज फिटनेसमा मात्र निर्भाना फिटनेस गराइने पनि फिटनेसका प्रमुख झुना राईले दाबी गरिन् । काठमाण्डौ बाहिर सुसान्ति मात्र निर्भाना गुरु रहेको पनि उनको दाबी छ । कार्यक्रममा विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, विद्यार्थी, शिक्षक, व्यवसायी, गृहणि महिला लागायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *