ट्रक दुर्घटनाका मृतकको पहिचान

काठमाडौं, फागुन ११ ।  नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा मृत्यु भएकाको सनाखत भएको छ । दुर्घटनामा गम्भीर घाइते दुईजनाको समेत पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देही बेलहिया–१ बस्ने अन्दाजी ५० वर्षीय विक्रम सिंह रहेका छन् ।

दुर्घटनामा ट्रकका चालक भारतको लखनउका २४ वर्षीय विपीन सेन र ट्रकमा सवार रुपन्देही बेलहिया–१ का ३१ वर्षीय अर्जुन अग्रहरी गम्भीर घाइते भएका हुन् । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा बिहीबार बिहान ३ः५० बजेको समयमा सुनौलीबाट काठमाडौं जाँदै गरेको बीआर ३२ बीएन ३१०९ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको थियो ।  रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *