गुन्डा नाईके पुनका नागरिकता र पासपोर्ट दुइटा

काठमाडौं, फागुन ११ । शृंखलाबद्ध ब्यक्ति हत्या घटनाका मुख्य नाईके मनोज पुनका नागरिकता र पासपोर्ट दुई दुईवटा रहेको भेटिएको छ ।

बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको थियो ।

नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्विर देखिएपछि प्रहरीले उनले फरक नाममा नागरिकता निकालेर त्यसैका आधारमा मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाएको निष्कर्षमा पुगेको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *