दैलेखमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु, त्रिशुलीमा ट्रक खस्यो

काठमाडौं, फागुन १० । दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु–४ ओखलढुंगामा दुर्घटना भएको छ ।

लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महाबु-५ का श्रबणकुमार शाही, वडा नं। ३ कि निर्मला पाण्डे र वीरेन्द्रनगर सुर्खेतका तिलक ढकाल र वडा नं। ६ की निर्मला शाही रहेका छन् । एक जनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेहरूमा महाबु-५ का एकेन्द्र शाही, नारायण नगरपालिका-२ का रमेश थापा, महाबु-१ का बखत थापा र कर्ण मल्ल रहेका छन् । एक जना गम्भीर घाइतेको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यता, आजै त्रिशूली नदी किनारमा ट्रक खस्दा तीन जना घाइते भएका छन् ।

हेटौँडाबाट सिमेन्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख १५९ नंको ट्रक गजुरी – २ छहराबाट त्रिशूली किनारमा खसेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

घाइतेमध्ये एक जनालाई गजुरी अस्पताल र दुई जनालाई थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ । दुर्घटनाग्रस्त गाडीको सिमेन्ट बगरमा छरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *