राष्ट्रपतिको निर्वाचन फागुन २९ गते

काठमाण्डौ, १० फागुन – नयाँ राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगले २०७४ साल फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीवार बसेको आयोगको बैठकले राष्ट्रपति तथा उपर्राष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्था बमोजिम यहि फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिए ।

आयोगले राष्ट्रपति निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । उक्त मिति तय गर्नुपूर्व आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग आवश्यक परामर्श र छलफल गरेको थियो ।

निर्वाचन कार्यक्रम अनुसार फागुन २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

यस्तो छ निर्वाचन कार्यक्रम: 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *