बीपी प्रतिष्ठानमा हाडजोर्नी सम्बन्धि इमरर्जेन्सी सेवा विस्तार

धरान, फागुन १० । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाडजोर्नी सम्बन्धि छुट्टै इमरर्जेन्सी सेवा सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले इमर्जेन्सी कक्षको उद्घाटन गरे । उक्त अर्थोपेडिक ईमरर्जेन्सी सेवाको क्षमता हाल १५ शैयाको रहेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताए ।

हाडजोर्नीको छुट्टै इमरजेन्सी सेवा विस्तार भएपछि विरामीहरुले सहज उपचार पाउने र चिकित्सकलाई पनि उपचारमा सहजता आउने प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख प्रा.डा. पशुपति चौधरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *