हुलाक कार्यालयका हलकारा ढुङ्गानाको निधनप्रति शोक प्रकट

“
धरान, फागुन १० । सुनसरी जिल्ला हुलाक कार्यालयले हलकारा मणिराज ढुंगानाको निधनप्रति शोक ब्यक्त गरेको छ ।
अग्रज कर्मचारी तथा पुराना हलकारा ढुगानाको निधनमा कार्यालयले धरानमा शोक सभा आयोजना गरी शोक व्यक्त गरेको हो । कार्यालयद्धारा भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गरीएको थियो ।
धरान १६ जोरसखुवा स्थित मृतक ढुंगााको घरमा गरेको शोक सभामा ढुगानाले गरेको कार्य सम्पादन, समाजसेवा तथा कार्यालयप्रति पुयाएको योगदानको चर्चा गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
शोक सभामा जिल्ला हुलाक कार्यालय धरानका नायब सुब्बा रमेश घिमिरेले मृतक ढुगानाको जिल्ला हुलाकसँगको ऐतिहासिक सम्बन्ध बारे चर्चा गरेका थिए । उनको निधनले स्तब्ध र दुखी बनाएको घिमिरेले बताए ।
शोक सभामा लता प्रधान, मनका श्रेष्ठ, रुपा तिवारी, रजनी तुम्बाहाम्फे, प्रेम सागर कोईराला, बालकृष्ण खनाल, राम प्रसाद अधिकारी, टंक अधिकारी, टंक न्यौपाने, डम्बर तामाङ, पुष्प पौडेल, केदार पौडेल, निर्मल थापामगर, भरतराज शर्मा, टीका भुजेल, कौशिला राई, सन्देश भुजेल, कृष्ण पाठक, जानुका दाहाल तथा ईलाका प्रशासन कार्यालयका पुर्व कर्मचारी जयराम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
ढुङ्गानाको गत आइतबार विहान १० बजे उच्च रक्तचापका कारण सप्तरीको फत्तेपुरमा आफन्तकोमा निधन भएको थियो ।
“








