डाक्टर कुटिएपछि डोटी अस्पताल ठप्प, सुपरिटेन्डेन्टले जिल्ला छोडे

डोटी, फागुन १० । डोटी जिल्ला अस्पतालमा डाक्टर कुटिएपछि सो अस्पतालको सेवा दुई दिनदेखि ठप्प भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहित स्वास्थ्यकर्मीले आफुहरु असुरक्षित भएको भन्दै जिल्ला छोडेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिवस पराजुलीसहित स्वाथ्यकर्मीहरुले जिल्ला छोडेपछि अस्पताल ठप्प भएको छ ।

स्वास्थ्यकर्मीले कुटपिटमा संलग्न युवाहरुलाई कारवाही गर्न माग गरेका छन् । राजनितिक तहबाट माफी माग्न लगाएर घटनालाई मिलाउन दबाब आए पनि आफूहरु कानुनी कारवाहीको पक्षमा रहेको उनीहरुले बताए ।

स्थानीय महिलासँग भएको सामान्य विवादलाई लिएर अस्पतालमा कार्यरत डा. जितेन्द्र सिंहलाई स्थानीय युवाले आइतबार निर्घात कुटपिट गरेका थिए । उक्त आक्रमणमा डा. सिंहको दाँत भाँच्चिनुका साथै टाउकोमा गम्भीर चोट लागेको छ ।

कुटपिट गर्नेमा दिपायल सिलगढी नगरपालिका–७ का विजयसिंह विष्ट, टेकबहादुर विष्ट, हिक्मत विष्ट, र वडा नं ६ का अरुण महत रहेका छन् ।

नेपाल मेडिकल एसोसिएसन र सरकारी चिकित्सक संघले पनि स्वास्थ्यकर्मीले असुरक्षित भएर काम गर्नु परेको भन्दै कुटपिट गर्नेलाई कारबाहीका लागि प्रशासनलाई दबाब दिएका छन् ।

दिपायल सिलगढी नगरपालिका ७ की वासुदेवी विष्ट आइतबार दिउसो उपचारका लागि जिल्ला अस्पताल पुगेकी उनको डा. सिंहसँग सामान्य विवाद भएको थियो । भिडियो एक्सरे गर्ने क्रममा सिंहले आफुमाथि दुव्र्यवहार गरेको विष्टको आरोप छ ।

महिला र उनका आफन्तले बच्नका लागि दुव्र्यवहारको आरोप लगाएको डा. सिंहले बताए । आमा नाता पर्ने उमेरकी महिलालाई मैले दुव्र्यवहार गर्ने कुरा कति सम्म पत्याउन सकिन्छ ? उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *