उच्च राजनीतिक संयन्त्र लाई फेल गर्दै स्थानीय ले चुने लक्ष्मी मा.बि अध्यक्ष

फागुन १०, सल्यान । छत्रेश्वरि वडा नं ४ लक्ष्मी मावि ज्यचौरमा पुन अभिभावक हरूको म भेला बाट नयाँ विधाल व्यवस्थापन समिति अध्यक्ष चयन भएको छ ।

गएको फागुन २ गते केही सीमित राजनीतिक पहुँच भएका व्यक्तिहरू ले अवैधानिक रूपमा गैर स्थानीय व्यक्तिलाई अध्यक्ष मा नियुक्त गरेका थिए । बिधालयमा अध्यक्ष बन्न धेरै योग्य व्यक्ति हुदाहुदै पनि एमालेका पूर्व जिल्ला अध्यक्ष हरि केसी लगाएका केही सीमित व्यक्तिहरू बसेर आफू निकट व्यक्ति ज्ञानबहादुर खड्का लाई अध्यक्ष पदमा नियुक्त गरेका थिए । तर स्थानीय का लागि यो कुनै पनि हालतमा मान्य थिएन । खड्का विधालय क्षेत्र अधिकार भन्दा बाहिरका व्यक्ति हुन् ।तर एमालेका जिल्ला अध्यक्ष भैसकेका र हाल प्रदेश कमिटीका सदस्य केसी स्थानीय स्तरमा भएका कार्यहरूमा हस्तक्षेप गर्दै आएका छन् ।

प्राचार्य र स्थानीय जनप्रतिनिधि हरू लाई धम्की दिँदै यस्तो गलत निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै माओवादी नेता हिमाल यात्री ले सामाजिक संज्ञालमा विरोध गरेका थिए ।

शिक्षा एेनले विधालय व्यवस्थापन समिति अध्यक्ष बन्ने केही मापदण्ड हरू तयार गरेको छ तर केही पनि तोकिएको मापदण्ड मा नपर्ने व्यक्ति अध्यक्ष बनाएको प्रति स्थानीय व्यक्ति हरूको पनि विरोध रहेको थियो । विधालय क्षेत्र भित्र धेरै योग्य,बौदिक व्यक्तिहरू छन् तर धेरै समय देखि राजनीतिक भागवन्डाको आधारमा कुरा नमिले पछि पटकपटक बैठक बसेर पनि निश्कर्षविहिन भएको थियो । तर फागुन २ गते केही सीमित व्यक्तिहरू बसेर अविभावक नै उपस्थित नवनाई सो गलत निर्णय गरिएको थियो ।

नेकपा माओवादीले उक्त घटनाको विज्ञप्ति निकाली विरोध गरेको छ । उक्त विज्ञप्ति मा सर्वदलीय बैठकको नाटक गरी आफ्ना प्रतिनिधि लाई नसमेटेको जनाएको छ ।
तर माओवादीको प्रतिनिधि भएर धुर्व भण्डारी उपस्थित भएका थिए । उनलाई चुनाव मा पाटीलाई असहयोग गरेको प्रति पाटीले साधारण सदस्य नरहने गरी कार्वाही गरेको थियो ।

एक वर्ष अगाडि रिक्त शिक्षक दरवन्दिमा लिखित परीक्षा गराइएको तर राजनीतिक सहमति नहुँदा मौखिक परीक्षा स्थगित भएको थियो ।झिम्पेमा साना साना बिधालयका निर्णयहरू प्रति जिल्लाका उच्च राजनीतिक व्यक्ति हरूको प्रभावले गर्दा सहमति हुन सकेको छैन । खड्का अध्यक्ष भएको समितिले उक्त परीक्षाको मौखिक परीक्षा गराउने निर्णय समेत गरेको छ भने बिधार्थिका अविभावकहरुको आमभेलाले उक्त कार्य तत्काल रोक्न र विधि प्रक्रियवाट गठन गरिएको समिति मार्फत उक्त कार्य अगाडी बढाउनुपर्ने भन्दै गाशिस र जिशिकामा उजुरी समेत दिएका छन् ।

चौतर्फि रूपमा विरोध भएपछि बिधालयमा अध्ययनरत बिधार्थिहरुका अविभावकहरुको आमभेलावाट उक्त समितिलाई खारेज गर्दै चेत बहादुर बलिको अध्यक्षतामा ९ सदस्य विधालय व्यवस्थापन समिति र टेक बहादुर बलिको अध्यक्षतामा ११ सदस्य शिक्षक अविभावक सङ्घ गठन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *