प्रधानमन्त्री अाेली मन्त्रालय बिस्तारको अन्तिम तयारीमा

काठमाडौं, फागुन १० ।  प्रधानमन्त्री ओली मन्त्रालय बिस्तारको अन्तिम तयारीमा हुनुहुन्छ, तर संघमा कति मन्त्रालय हुन्छन् भन्नेमा निर्णय नहुदा कर्मचारीहरु अन्योलमा परेका छन् ।

प्रशासनिक पूर्वाधार समायोजन समितिको प्रतिवेदनलाई आधार मान्दै सामान्य प्रसासन मन्त्रालयले संघमा १५ ओटा मन्त्रालय बनाउन सुझाब दिएपनि त्यसमा मन्त्रीपरिषदले हेरफेर गर्न सक्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो ।

तर कुन मन्त्रालय कुनमा समायोजन हुने, समायोजनपछिको कार्यसम्पादन कसरी हुने भन्नेबारेमा जानकारी नभएपछि कर्मचारी देखि सचिव सम्म अन्योलमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *