आज बोलाइएको कांग्रेसको बैठक स्थगित, अर्को बैठक शनिबार

काठमाडौं, फागुन १० । नेपाली कांग्रेसका सांसदको बैठक शनिबार बस्ने भएको छ । पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरेर त्यसअघि सांसदको बैठक बोलाइएको कांग्रेसले जनाएको छ । बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने र त्यसपछि मात्रै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *