पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने

काठमाडौं, फागुन १० । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला गरेको छ । सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजको अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले ठहर गरेको हो । प्रधानन्यायाधीन मेन साक्विब निसारको नेतृत्वमा रहेको इजलासले यो फैसला गरेको हो ।

जेलमा राखिएका कुनै पनि व्यक्तिले आधिकारिक दस्तावेजमा हस्ताक्षर गर्न नमिल्ने भएकाले सिरिफले अध्यक्षका रुपमा कुनै पनि निर्णय गर्न र काम गरिरहन नमिल्ने अदालतको ठहर छ ।

यसअघि गतवर्ष सर्वोच्च अदालतले नवाज सरिफलाई पनामा लिक्स प्रकरणमा दोषी ठहर गरेको थियो । त्यसपछि उहाँ प्रधानमन्त्री पदका लागि अयोग्य घोषित हुनुभएको थियो । सर्वोच्च अदालतको फैसलापछि सरिफले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीबाट हटिसकेपछि उनको पार्टीले सरिफलाई नै अध्यक्ष बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *