मन्त्रिपरिषद् विस्तार २ दिनभित्रै : फोरमलाई ल्याउन पहल

काठमाडौं, फागुन १० । एमालेले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गरेको छ । त्यसका लागि एमाले नेताहरूले फोरमसँग अनौपचारिक वार्ता गरिरहेका छन् ।

संविधान संंशोधनमा एमाले सकारात्मक बने सरकारमा जान सकिने संकेत फोरमले दिएको छ । त्यसका लागि उसले एमालेसँग संविधान संशोधनको ठोस प्रतिबद्धता मागेको छ । एमाले र फोरमका दोस्रो तहका नेताबीच बुधबार कुराकानी भएको थियो ।

‘एमालेसँंग कुराकानी सकारात्मक भएको छ, शीर्ष तहमा पुनस् छलफल गरी संविधान संशोधनको विषयमा निष्कर्ष निकाल्ने प्रयास हुनेछ,’ फोरम नेता रामसहाय यादवले भने, ‘संविधानको विषयमा साझा समझदारी बनेपछि सरकारमा जानेरनजानेबारे औपचारिक टुंगो लाग्नेछ ।’आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *