एमालेसँग एकता लगत्तै माओवादीमा फुट

काठमाडौं, फागुन ९ । एमालेसँग ७ बुँदे सहमती गरेर पार्टी एकताको घोषणा गरेलगत्तै माओवादी केन्द्र विभाजित भएको छ । माओवादी नेता गोपाल किराँतीले अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको विगठन र जनयुद्धको अपमान गरेको आरोप लगाउँदै एकता प्रकृयामा सामेल नहुने घोषणा गरेका छन् ।

नेता किरातीले पार्टी एकतामा असहमत हुने नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रको पुनर्गठन गर्दै महाधिवेशनमा जाने उल्लेख गरेका छन् । ‘महान जनयुद्ध र अमर शहीदहरुको अपमान गरी माओवादी कम्युनिष्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनीद्धारा घटित दक्षिणपन्थी काण्डको भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु’ किरातीद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

किरातीले माओवादी केन्द्रबाट अलग हुन पार्टी कार्यकर्ताहरुसँग आग्रह समेत गरेका छन् । वक्तव्यमा अगाडी भनिएको छ, ‘माक्र्सवाद, लेनिनवाद र माओवादको पथप्रदर्शक सिद्धान्त, राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवं पहिचान मुद्धालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुलाई माओवादी केन्द्र पुनर्गठन गरी अगाडी बढ्न आह्वान गर्दछु’

एमालेसँग पार्टी एकताको सहमती भएदेखि नै नेताहरु गोपाल किराती र आहुती लगायतले विरोध गर्दै आएका थिए । आहुती यसअघि नै माओवादी केन्द्रबाट अलग भइसकेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *