गरिमा विकास बैँक लिमिटेडद्धारा सी-आस्वा सेवा सञ्चालन

 

काठमाडौं, फागुन ९ । गरिमा विकास बैँक लिमिटेडले बैँकमा चल्ती तथा बचत खाता रहेका ग्राहकहरुलाई धितोपत्रको प्राथमिकता निष्काशन (IPO/FPO) तथा हकप्रद शेयर निष्काशन हुँदा उक्त शेयर खरिदका लागि दरखास्त दिने सी-आस्वा (Centralized Application for ASBA Based Issuance) सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवा बाट बैँकका ग्राहकहरुले घरमै बसेर मोबाईल तथा कम्प्यूटरको प्रयोग गरी आइपियो, एफपियो हकप्रद शेयर खरिदका लागि अनलाईन निवेदन दिने, आफ्नो डिम्याट खातामा रहेको धितोपत्रको पोर्टफोलियो हेर्ने, शेयर रोक्का फुकुवा सम्बन्धि विवरण हेर्ने लगायतका कार्यहरु गर्न सक्दछन् ।

बैँकका सम्पूर्ण ४९ वटा शाखा कार्यालयमा खाता रहेका ग्राहकहरुले यो सेवा निःशुल्क रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा यही फागुन ११ गतेबाट अनिवार्य रुपमा सी—आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।

 

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *