अमेरिकी राष्ट्रपति ट्रम्प अहिलेसम्मकै खराब

काठमाडौं, फागुन ९ । दुईसय राजनीति विशेषज्ञ तथा अमेरिकी जनताले मिलेर डोनल्ड ट्रम्पलाई अमेरिकाको लोकतन्त्रको २२९ वर्षको इतिहासकै सबभन्दा खराब राष्ट्रपतिका रूपमा छानेका छन् ।

ग्रेट प्रेसिडेन्ट सर्भेमा ट्रम्प ४४औं अर्थात् सबभन्दा अन्तिम स्थानमा रहे ।

यस सर्वेमा अमेरिकाका राष्ट्रपतिहरूलाई उनीहरूको उपलब्धि, असफलता, विवाद, छवि र उनको कार्यकालमा देशको स्थितिको आधारमा अंक दिइयो । सय अंक पाउने भनेको सबभन्दा राम्रो ठहरिए भने ० ले सबभन्दा खराब भन्ने अर्थ दियो । यो मापदण्डमा ट्रम्पलाई सबभन्दा कम १२ अंक दिइयो ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले सर्वेमा ७१ अंक प्राप्त गरेर आठौं स्थान हासिल गरे ।

पदबाट हटेपछि ओबामा झन् लोकप्रिय भएका छन् । उनी –यांकिङमा १० स्थान माथि उक्लिएका छन् । चार वर्षअघि भएको सर्वेमा ओबामा १८औं स्थानमा थिए । त्यतिखेर उनी पदमै थिए ।

सर्वेमा अब्राहम लिंकनलाई सबभन्दा राम्रो राष्ट्रपति छानियो । उनले सयमा ९५ अंक पाए । त्रियान्नब्बे अंकका साथ जर्ज वाशिङटन दोस्रो स्थानमा रहे ।

सर्वेमा ५७ प्रतिशत डेमोक्रेटिक, १३ प्रतिशत रिपब्लिकन र ३० प्रतिशत अन्य विचारधाराका मानिसले भाग लिएका थिए ।

ट्रम्पभन्दा माथि अमेरिकाका १५औं राष्ट्रपति जेम्स बुकानन रहे । उनले १५ अंक पाए । बिल क्लिन्टन १३औं स्थानमा भएपनि हिलारी क्लिन्टनको निर्वाचन अभियानपछि उनको लोकप्रियतामा कमी आयो र उनी पाँच स्थान तल खस्किए ।

पाँच सबभन्दा राम्रा राष्ट्रपति
अब्राहम लिंकन
जर्ज वाशिङटन
फ्य्रांकलिन रूजवेल्ट
थियोडोर रूजवेल्ट
टमस जेफर्सन

पाँच सबभन्दा खराब राष्ट्रपति
डोनल्ड ट्रम्प
जेम्स बुकानन
विलियम हेनरी ह्यारिसन
फ्य्रांकलिन पीयर्स
एन्ड्र्यु जोनसोन

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *