मोटरसाइकलको ठक्करबाट महिलाको ज्यान गयो

धनगढी, फागुन ९ । कैलालीको बर्दगोरिया गाउँपालिका–१, झगडपुरमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

से १ प ३७७६ नम्बरको मोटरसाइकलको ठक्करबाट झगडपुरकी ५५ वर्षिया जमुना सुनारको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक युवराज ताम्राकार प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी बौनियाका ईञ्चार्ज रामचन्द्र पन्तले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *