जुवा खेल्ने नौजना विरुद्ध अदालतमा मुद्दा दर्ता

नुवाकोट,  फागुन ९ । जुवा र तास खेलिरहेको समयमा विदुर नगरपालिका–९, स्थित कोलनीबाट पक्राउ परेका नौ जनालाई प्रहरीले नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही सुरु गरेको छ ।

तास खेलिरहेको समयमा सोमबार राति ७५ हजार रुपैयाँसहित पक्राउ परेकालाई प्रहरीले मंगलबार अदालतमा जुवा ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही सुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा ७४ वर्षीय मानबहादुर श्रेष्ठ, ६३ वर्षीय रामबहादुर तामाङ, ५५ वर्षीय गणेश वाइवा, ५२ वर्षीय सोमबहादुर तामाङ, ५० वर्षीय आइतमान तामाङ, ४४ वर्षीय कान्छा तामाङ, ३६ वर्षीय कोइराम तामाङ, ३३ वर्षीय हिमाल तामाङ र २२ वर्षीय हिरालाल तामाङ रहेका छन् । उनीहरुलाई यसअघि पनि जुवा खेलिरहेको समयमा पक्राउ गरी सचेत गराएर छाडिएको र पुनः खेलिरहेको भेट्टिएकाले मुद्दा दर्ता गरी कारबाही गर्नु परेको प्रहरीले जनएको छ ।

हीरालाल तामाङको घरमा तास खेल्न सहभागी नौ जनासँग तासको खालमा राखिएको नगदसहित बाजी राखेको चार थान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *