गुण्डा नाइके मनोजसहित दुई जनाको प्रहरी कारवाहीमा मृत्यु

रुपन्देही, फागुन ९ । गुण्डा नाइके मनोज पुनसहित दुई जनाको प्रहरी कारवाहीमा मृत्यु भएको छ । गुण्डा नाइकेका रुपमा चिनिएका पुनको मंगलबार राति रुपन्देहीमा प्रहरी कारवाहीमा मृत्यु भएकाे हाे ।

रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको मृत्यु भएको हाे ।

पुनकाे टाेलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाहीमा गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताउनुभयो । प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेल बलुको हत्या गरेको आरोपमा झण्डै डेढ वर्षदेखि उनीहरु प्रहरीको खोजी सूचीमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *