मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नेकपाको सरकारलाई नेकपाकै चुनौती, प्रधानमन्त्रीको पुत्ला जलाउने चेतावनी

काठमाडौं, फागुन ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले आफ्ना नेता कार्यकर्तामाथि सरकारले धरपकड गरेको भन्दै थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेकपाका महासचिव विप्लवले ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्ताहरुमाथिको धरपक्कड जारी राखे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सो चेतावनी दिएका हुन् । पार्टी नेताहरु सुदर्शन, पदम राई लगायतका नेताहरुलाई गिरफ्तार गरिएको भन्दै विप्लवले तत्काल उनीहरुको रिहाईको माग समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छः बन्द सघर्षमा सहभागि सयौंको संख्यामा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौं कि शान्तिपूर्ण कार्यक्रममा सहभागि स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडहरुलाई यथाशिघ्र मुक्त गरियोस्, अन्यथा अझ सशक्त कार्यक्रमको घोषणा सहित प्रतिरोध गरिने छ । संघर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनुपर्ने छ ।

विज्ञप्तिमार्फत महासचिव विप्लवले आफ्नो पार्टीको नेतृत्वमा भएको नेपाल बन्द शानदार ढंगले सफल भएको दाबी समेत गरेका छन् । बन्द सफल बनाउन सहयोग गर्ने सबैमा उनले धन्यवाद समेत दिएका छन् ।

त्यस्तै, बन्दका क्रममा सरकारले गरेको धरपक्कडका बिरुद्ध सो पार्टीले संघर्षका विभिन्न कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । संघर्षका कार्यक्रमहरुमा फागुन ९ गते कोण सभा, १० गते अन्तरक्रिया, ११ गते केपी ओलीको पुत्ला जलाउने, १२ गते प्रदर्शन र १३ गते देशव्यापी कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृयाहरु
Loading...