गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते, तीनको अवस्था गम्भिर

कपिलवस्तु, फागुन ८ । कपिलवस्तुमा गुडिरहेको बसमा बम प्रहार भएको छ । बम प्रहारबाट १२ जना घाइते भएका छन् । काठमाडौँबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन् ।

घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए ।

बसमा समान्य क्षति हुनाका साथै घाइतेको अवस्था मध्यम रहेको र केही उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । कसले बम प्रहार गरेको भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बन्द आयोजन नेकपा माओवादीका कार्यकर्ताले बम प्रहार गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *