पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिक बैतडीमा बन्ने

बैतडी, फागुन ८ । बैतडी जिल्लामा पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास गरिएको छ । दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा पृथ्वीबाटिकासहितको २१ फिट अग्लो शालिक र विशाल नेपालको नक्सा बन्न लागेको हो ।
दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्र थापाले शालिकको शिलान्यास गरका छन् ।

शालिक निर्माणका लागि चार रोपनी जग्गा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गरेको कुरा ‘राष्ट्रियता संरक्षण अभियान’का अध्यक्ष तथा शालिक निर्माणका परिकल्पनाकार हेमबाबु लेखकले जानकारी दिए ।

शालिक निर्माणका लागि करिब रु एक करोड खर्च लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *