डा. केसीको अदालतलाई जवाफ ‘गलत गर्ने विरुद्ध बोल्दा अवहेलना हुँदैन’

काठमाडौं, फागुन ८ । अदालतको अवहेलना मुद्दा खेपीरहेका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले गलत काम गर्ने न्यायाधीश विरुद्ध आवाज उठाउँदा अदालतको मानहानी नहुने जिकिर गरेका छन् ।

मानहानी मुद्दाको तारिख बुझ्न मंगलबार सर्वोच्च पुगेका डा. केसीले अदालतमा लिखित जवाफ पेशगर्दै गलत निर्णय र गलत काम गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना नहुने जवाफ पेश गरे ।

न्यायालयको शुद्धीकरणका लागि आफूले बोलेको उनले बताउँदै आएका छन् । उनले चिकित्सा क्षेत्रको सुधारका लागि आफ्नो आन्दोलन जारी रहेको समेत उल्लेख गरेका छन्।

पुस २६ गतेको सर्वोच्चको आदेशअनुसार केसी अदालतमा हाजिर भएका हुन्। केसीलाई अर्को तारेख फागुन १५ गतेका लागि तोकिएको छ । अदालतले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा आज अदालतमा उपस्थित गराउने गरी उनलाई साधारण तारेखमा रिहा गरेको थियो ।

केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत माफियाको मतियारका रुपमा काम गरेको अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए । केसीको अनशनपछि सर्वोच्च प्रशासनले अवहेलना मुद्दा चलाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *