१०२ वर्षीया जेष्ठ नागरकि सम्मानित

धरान, फागुन ७ । ६८ औं प्रजातन्त्र दिवसको अवसर पारेर धरान उपमहानगरपालिका वडा नंं १४ विजयपुरले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

धरान १४ विजयपुर चौकमा आयोजना भएको जेष्ठ नागरिक सम्मान तथा सहारा कार्यक्रममा विजयपुर निवासी १०२ बर्षीया चन्द्रकुमारी श्रेष्ठ लगायत ७५ बर्ष माथिका बृद्धा बृद्धाहरुलाई सम्मान गरिएको थियो ।

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, कार्यकारी अधिकृत गणेश तिम्सिना, नेपाली भाषा विद् प्रा.डा टंक न्यौपाने, विजयपुर अध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाल, धरान उपमहानगरपालिकाका कर अधिकृत खगेन्द्र खतिवडा लगायतले सम्मानितहरुलाई दोसल्ला, प्रमाणपत्रसहित सम्मान गरेका थिए । सम्मानित वृद्ध बृद्धाहरुलाई हिडडुल गर्न सहज होस् भन्ने उदेश्यले प्रत्येकलाई १/१ वटा लठ्ठी समेत प्रदान गरिएको थियो ।

सोही अवसरमा समाजमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्व तथा पत्रकारिताको माध्यमबाट विजययपुरको पर्यटन प्रवद्र्धन गर्ने पत्रकारहरुलाई सम्मान गरिएको थियो । पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकार गोविन्द बस्नेत र मर्निङ्ग टाइम्स दैनिक सम्मानित भए।

यस्तै, सार्वजनिक सौचालय निर्माणका लागि जग्गा सहयोग गर्ने झलक श्रेष्ठ र राजकुमार डंगोल पनि सम्मानित भएका छन् । कार्यक्रममा लाली गुराँस महिला वहुउद्देश्य समूह धरान १४ लाई तीन वटा सिलाई मेसिन समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले स्थानीय तहका तर्फबाट समाजका गहना मानिएका वृद्धाबृद्धालाई सम्मान गरेको सायद यो नै पहिलो भएको भन्दै यो कार्य प्रशंसनीय भएको बताए । यस्तै, १४ नंं वडा समितिका अध्यक्ष कृष्णप्रसाद भट्राईले बृद्धाबृद्धालाई सम्मान गर्ने परम्पराको आफूले थालनी गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *