वैदेशिक अध्ययनको आकर्षण र एउटा नयाँ अंग्रेजी परीक्षाको लोकप्रियता

अहिले नेपाली युवा विद्यार्थीहरु माझ वैदेशिक अध्ययनको मोह बढेको छ । नेपाली विद्यार्थीहरुको निम्ति आकर्षक गन्तब्यहरु मध्ये अस्ट्रेलिया, अमेरिका, बेलायत, न्युजिल्याण्ड, आएरल्याण्ड, जापान, फ्रान्स, पोल्याण्ड आदि लोकप्रिय छन् । यी गन्तब्यहरुमा उनीहरुले गुणस्तरीय शिक्षा त पाउँछन नै, साथमा उनीहरुले त्यहाँको समाज, संस्कृति, रहनसहन, जीवनशैली नजिकबाट नियाल्न र अनुभव गर्न सक्छन् । अनि पार्ट टाइम कामको अनुभव समेत गर्दछन् । आज यो लेख मार्फत म अस्ट्रेलिया र अहिले लोकप्रिय बन्दै गरेको अंग्रेजी परीक्षा OET (Occupational English Test)  बारे छोटो चर्चा गर्दैछु ।

अस्ट्रेलिया अध्ययन गर्न किन जाने ?

अस्ट्रेलिया एउटा यस्तो शैक्षिक गन्तब्य हो जसमा घरेलु तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको निमित्त धेरै संख्यामा कलेज तथा विश्वविद्यालय छन्, जसले विभिन्न बिषयहरु अध्यापन गराउँछन् । वास्तवमा अस्ट्रेलियाको जनसंख्या २३ मिलियन मात्र छ । तथापि यो विदेशी विद्यार्थीहरुको निमित्त तेश्रो लोकप्रिय अध्ययन गन्तब्य हो । यहाँं ११ सय शैक्षिक प्रदायक ( कलेज वा विश्वविद्यालय ) छन् । जस्मा तपाईंँले बाइस हजार विभिन्न कोर्सहरु पढ्न सक्नुहुन्छ । संसारका १०० ऊत्कृष्ट विश्वविद्यालयहरु मध्ये आठ वटा उत्कृष्ट विश्वविद्यालय अस्ट्रेलियामा छन् ।

संसारका  विद्यार्थीकालागि उपयुक्त ३० वटा शहर मध्ये ५ वटा अस्ट्रेलियामा छन् । अस्ट्रेलियन सरकारले वार्षिक २० करोड डलर बिदेशी छात्रबृत्तिमा लगानी गर्ने गर्दछ । अस्ट्रेलियामा अध्ययन गरेका २५ लाखभन्दा बढी ब्यक्तिहरु संसारभर आफ्नो उज्वल भविष्य निर्माण गर्न सफलताखपूर्वक काम गरिरहेका छन् । अस्ट्रेलियन विश्वविद्यालयमा पढेका १५ जनाले नोबेल पुरस्कार प्राप्त गरिसकेका छन् ।

तपाईंंले अस्ट्रेलियामा VET ( Vocational Education And Training)  कोर्स, र Higher Education कोर्सहरु गर्न सक्नुहुन्छ । VET भन्नाले डिप्लोमा कोर्स अनि Higher Education भन्नाले ब्याचलर, मास्टर्स कार्यक्रमहरू पर्दछन् । तपाईंँले अस्ट्रेलिया अध्ययनको लागि आवेदन दिनु अघि अंग्रेजीका विश्वमै मान्यता पाएका IELTS, TOEFL अथवा PTE जस्ता परीक्षामा शैक्षिक संस्थाहरूकाे Requirement पुग्ने अङ्क ल्याएको हुनुपर्छ । अनी तपाईंँ प्लस टू मा कम्सेकम ६०% अङ्कका साथ उत्तिर्ण भएको हुनुपर्छ । अनी महत्वपूर्ण कुरा तपाईंँको अभिभावकले तपाईंँको अस्ट्रेलिया पढाई खर्च तिर्न सक्ने बलियो आर्थिक आधारहरु पेश गर्नुपर्ने हुन्छ ।

OET (Occupational English Test) के हो ?

OET को पुरा रुप Occupational English Test हो । यो स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको अंग्रेजीको दक्षता जाँच गर्ने परीक्षा हो ।

यदी तपाईंँ युके, आएरल्याण्ड, अस्ट्रेलिया, न्युजिल्याण्ड, दुबइ, सिङ्गापुर र नामिबियामा अध्ययन वा काम गर्न चाहनु हुन्छ (स्वास्थ्य क्षेत्रमा) भने तपाईंँले OET परीक्षा दिन उपयुक्त हुन्छ । OET अङ्रेजी परीक्षा बिशेष गरी १२ वटा स्वास्थ्यसँग सम्बन्धित स्वास्थ्यकर्मीहरुको लागि तयार गरिएको हो । Dentistry, Dietetics, Medicine, Nursing, Occupational Therapy, Optometry, Pharmacy, Physiotherapy, Podiatry, Radiography, Speech Pathology,Veterinary Science पेशामा आबद्द स्वास्थ्यकर्मिहरुको निमित्त यो अति उपयोगी अङ्रेजी परीक्षा हो ।

यो परीक्षामा विद्यार्थीको चार वटा भाषाको क्षेत्र ‘सुनाइ’, ‘बोलाइ’ पढाइ”” र ‘लेखाइ’ मा दक्षता जाँच्ने गरिन्छ । OET मा B ग्रेड भनेको IELTS को ब्याण्ड 7 बराबर हुन्छ । र, OET लाई UK, Ireland, Australia, New Zealand, DubaiSingapore का अस्पताल र विश्वविद्यालयहरुले स्विकृत गरिसकेका छन् । र, अहिले युकेमा काम गर्न जाने नर्स अनि डाक्टरहरुले यो परीक्षालाई ज्यादै रुचाएका छन् ।

OET परीक्षा तपाईंँले संसारका चालिस भन्दा धेरै देशहरुमा दिन सक्नुहुन्छ । यो परीक्षामा स्वास्थ्य क्षेत्रमा काम गर्ने ब्यक्तिहरुले दैनिक रुपमा कसरी बिरामीहरुसँग अंग्रेजीमा कुराकानी गर्ने भन्ने कुराहरु सोधिन्छ । हेल्थसँग सम्बन्धित कुराहरु अंग्रेजीमा गर्नुपर्ने भएकोले स्वास्थ्यकर्मीहरुले यो अंग्रेजी परीक्षालाई IELTS, TOEFLPTE भन्दा सजिलो अनुभब गर्दछन ।

OET को सुरुवात सन १९८० कै दशकमा भए पनि यस्को विश्वसनियता भने हाल आएर निक्कै बढेको छ । यो परीक्षालाई  Cambridge English Language AssessmentCambridge University UKBoxhill Institute Australia ले आफ्नो स्वामित्वमा लिएका छन ।

यदी तपाईंँ स्वास्थ्य क्षेत्रमा हुनुहुन्छ भने तपाईंँले OET परीक्षा दिएर आफ्नो अन्तर्राष्ट्रिय अध्ययन, काम, वा प्रफेसनल रजिस्ट्रेशनको यात्रा सुनिश्चित गर्न सक्नुहुनेछ ।

सुरेश राई

अध्यक्ष, सुरेश स्टडी भिजा सर्भिसेज प्रा लि,

नयाँं बानेश्वर, काठमाण्डाै 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *