अब फोहोर फाल्नेलाई ठाउँको ठाउँ डण्डा : मन्त्री पण्डित

काठमाडौं, फागुन ७ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जथाभावि फोहोर गर्नेलाई ठाउँको ठाउँ डण्डा हान्नुपर्ने बताएका छन् ।

वागमती बचाउ अभियान राधिका ट्रस नेपालद्वारा आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै मन्त्री पण्डितले वातावरण सफा राख्न जथाभावी फोहोर फाल्ने काम बन्द गर्नुपर्ने भन्दै जहाँ पायो त्यहीं फोहोर गर्नेलाई स्पोर्टमै डण्डा लगाउनुपर्ने बताए ।

मन्त्री पण्डितले अव प्लास्टिक प्याकिङका सामानहरु वन्द गर्ने र त्यसको ठाउँमा अर्को विकल्पको खोजी गरिरहेको बताए ।

त्यस्तै कार्यक्रममा वोल्दै महिला तथा वालवालिका मन्त्री थममाया थापाले जनताको आशालाई व्यवहारमा उतारेर देखाउने बताएकि छिन् । उनले कामको मुल्याङकन गरी जनताले जनमत दिदै लालबाबु पण्डित जस्ता बाम गठबन्धका नेतालाई जिताएको र आगामि दिनमा अझ वढी जनमुखी कार्यहरु गर्दै जाने बताएकि छिन् ।

कार्यक्रममा वोल्दै राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सीनाले डिभी र पिआर पाएका राष्ट्रसेवकलाई सेवादेखि हटाएर मन्त्री लालबाबु पण्डितले नेपाली जनताको मनमुटुको कार्य गरेर एउटा पार्टीको मात्र नेता नभई देशकै नेता भएको बताइन् ।
आयुक्त तिम्सीनाले मन्त्रीलाई खादा तथा मालाले सम्मान मात्र गरेको नभई त्यो माला र खादाले मन्त्रीलाई देश विकासको निम्ती कार्यभार थप गरी थिचेको बताइन् । उनले नेपालमा राज्यद्वारा ७३ प्रकारका औषधिहरु सित्तैमा वितरण गर्ने तर त्यो कुरा सर्वसाधारण जनतालाई ज्ञान नभएकाले सूचनाको प्रवाहलाई प्रभावकारी ढंगले अघि वढाउन समेत सुझाव दिएकि छिन् ।

कार्यक्रमकी संयोजक तथा समाजसेवी राधिका पोखरेले सरकारले जग्गाको व्यवस्थापन गरीदिएको खण्डमा काठमाडौंमा चाइल्ड केयर संचालन गर्ने योजना रहेको जनाउँदै आफुले जीवनमा कमाएको ८० प्रतिशत रकम समाज सेवाको क्षेत्रमा नै समर्पित गर्ने उद्घोष गरेकी छिन् । त्यस्तै आफ्नो जन्मथलोको रुपमा रहेको तेह्रथुम जिल्लाको म्याङ्लुङ क्याम्पसको लाइव्रेरी हस्तान्तरण गर्ने तयारीमा रहेको समेत जानकारी दिएकी छिन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *