६ महिनामा पुँजीगत खर्च १८ प्रतिशत मात्रै


“
धनगढी, पुस १९ । कैलाली मा चालु आर्थीक बर्ष २०७४/०७५ को बजेट ६ महिना वितीसक्दा समेत विकास बजेट खर्चको अवस्था न्यून देखिएको छ । बजेट निकासा भएको ६ महिना र आर्थीक बर्ष सुरु भएको ५ महिना वितिसक्दा कैलालीमा १८ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका अनुसार आर्थीक बर्षको ५ महिना र सरकारले बजेट ल्याएको साढे ६ महिना सम्म कैलालीमा पुँजीगत अर्थात विकास बजेट खर्च १८ प्रतिशत मात्र छ, जुन ८८ करोड ७४ लाख रुपैयाँ हो ।
चालु आर्थीक बर्षमा अहिले सम्म सरकारले कैलालीको विकासका लागी ४ अर्व ९९ करोड ६२ लाख रुपैयाँ विनियोजन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक शिवप्रशाद चौधरीले बताए । कैलालीमा राष्ट्रीय गौरवका दुई वटा आयोजनाको प्रगती भने विगत जस्तै यसपाली पनि उत्साहजनक देखीएको छ ।
हुलाकी राजमार्ग आयोजनाले कुल अख्तीयारी पाएको १७ करोड ७१ लाख मध्ये अव ५ लाख मात्रै खर्च गर्न बाँकी रहेको छ । १ अर्व ९२ करोड अख्तीयारी पाएको अर्को राष्ट्रीय गौरवको आयोजना रानीजमरा सिचाई आयोजनाले पनि झण्डै २२ प्रतिशत अर्थात ४३ करोड खर्च गरेको छ । यता मोहना पुल–अत्तरीया ६ लेन सडक आयोजनाको भने प्रगती सुन्य जस्तै छ भने जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको विकास बजेटको खर्च प्रगती भने राम्रो देखीएको छ ।
चालू आर्थीक बर्षको मंसिर सम्म सरकारको मुख्य लक्ष्य नै निर्वाचन सम्पन्न गर्ने तिर गएको देखीन्छ । कर्मचारी पनि त्यतैतिर लाग्नुपरेका कारण विकासका गतिविधिले गति लिन नपाएको विकासे कार्यालयहरुको दाबी छ । त्यसैमा चालू आर्थीक बर्षमा सरकारले स्थानीय तहलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेपनि परिचालन क्षमता कमजोर भएका कारण खर्च हुन सकेन ।
निर्वाचनका कारण विकास बजेट खर्च नहुनुनै मुख्य कारण भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक शिवप्रशाद चौधरीले जानकारी दिए । सरकारले विकास खर्चमा देखिएको समस्या न्यूनीकरणका लागि संवैधानिक व्यवस्था अनुसार १५ जेठमै बजेट ल्याउने अभ्यास थाले पनि त्यसबाट खासै अन्तर देखिएको छैन । आर्थीक बर्षको ५ महिना वितीसक्दा समेत विकासे अड्डाहरुले कतिपय योजनाको ठेक्का आह्वान समेत गर्न सकेका छैनन् ।
“
