हलेसी बजार आगलागी कारण सात घर जल्यो

काठमाडौं, पुस १९ । खोटाङ स्थित प्रसिद्घ धार्मिक तथा पर्यटकीय स्थल हलेसी वजारमा आगलागी हुँदा सात घर जलेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार साँझ साढे सात बजे आगलागी शुरु भएको थियो । आगो स्थानीय तथा प्रहरीको प्रयासमा करिब साढे तीन घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीमा परि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेको छ । त्यस्तै प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राई लगायतको घरमा आंशिक क्षति पुगेको नगर प्रमुख इवन राईले बताउनुभयो ।

आगलागीको कारण र क्षतिको बिस्तृत विवरण भने आएको छैन । नगरपालिकामा दमकल नहुनुका साथै पानी अभावका कारण आगलागी नियन्त्रणमा लिन ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *