हतियार सहित एक भारतीय नागरिक सर्लाहीबाट पक्राउ

सर्लाही, पुस १९ । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ४ त्रिभुवनगरबाट प्रहरीले हतियार सहित एकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

भारत बिहारको सोनबरसा बस्ने २१ बर्षीय गुड्डु मण्डललाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । मण्डलको साथबाट गोली नभएको एक थान नलकटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई शंका लागेपछि मण्डलको खानतलासी गर्दा नलकटुवा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मण्डललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *